
वीरगंज,२९ भदौ – प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक
बाट ५ सय दरका २ सय ९६ थान र १०० को नोट ५ थान गरी जम्मा १ लाख ४८ हजार ५ सय
प्रतिबन्धित भारतीय नोट सहित पर्सा जिल्लाको बहुदरमाई न.पा.वडा नं.४ बस्ने वर्ष २५ को अजय कुमार शर्मालाई
मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको नियमित चेकिङ
टोलीले भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.१५ प २३७२ नम्बरको हरियो रंगको अपाचे मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मो.सा.मा सवार शर्माले पछाडि भिरेको झोला
बाट उक्त प्रतिवन्धित नोट सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । निजलाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी
नायव उपरीक्षक ओम प्रकाश खनालले बताए ।