अर्जुन शाह – वीरगंज , २९ भाद्र l पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका स्थीत गहवा माई मन्दिरको छेउमा रहेका सार्वजनिक मञ्चमा र वाल हेल्पलाइन वीरगञ्जको प्राङ्गणमा “सामान्य अवस्था वा कोभिड् महामारी: वाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी” भने मूल नाराका साथ ५७औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी सम्पन भएको छ l
महानगर बाल संजाल वीरगन्जकाे विशेष सहकार्यमा, आवर संसार नेपाल, लाइफ नेपाल , समाजिक अभियन्ताहरुको सहभागीतमा र वीरगन्ज महानगरपालिका द्वारा आयोजना गरिएको थियो
कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिका का उप मेयर शान्ति कार्की , अतिथिमा आवर संसार नेपालका अध्यक्ष मुकेश साह, लाइफ नेपालका कञ्चन कोइराला, समाजिक अभियन्ता दिलीप कार्की लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए l
कार्यक्रम सञ्चालन बाल मैत्री सहजकर्ता राहुल साहले गरेका थिए l विभिन्न समाजसेवी र समाजिक अभियन्ता सँलग्नतामा बाल संरक्षण सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम, महानगर बाल संजालका प्रतिनिधी द्वारा विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन र बाल हेल्पलाइन बीरगंजका बाल बालिकाहरु द्वारा चित्र कला प्रदर्शन गरी मनाइएको छ l
महानगरका गै.स.स.शाखा प्रमुख तथा बालमैत्री फोकल पर्सन श्री मुकेश गुप्ता र रेणुका ढकाल द्वारा विभिन्न पुरस्कार प्रदान प्रदान गरिएको छ l
कोरोना महामारीका कारण बन्द रहेका विद्यालय बल्ल बल्ल खुल्दै गरेकोले यस पालि बिधालयका बाल बालिकाहरु सहितको भव्य कार्यक्रम गर्न नसकिएको बीरगंज महानगरपालिका प्रतिनिधि मुकेश गुप्ता बताएका छन् ।
बीरगंज महानगरलाई बाल मैत्री शहर बनाउन ५१ वटा विभिन्न सुचकहरु रहेको र धेरै जसो सुचक प्राप्त भईसकेको एवं बाकि केही सुचकहरु प्राप्तीको लागी विभिन्न कार्यक्रम लगातार तय रहेको, हरेक वडा वडामा तालिम लगायत विभिन्न जनचेतनामूलक कार्यक्रम, बाल श्रम बाट उद्धार, कुलतमा लागेका बालबालिकाहरूलाई संरक्षण र परामर्श सेवा लगायत विभिन्न कार्यक्रम गरी बालमैत्री शहर बनाउन द्रुत गतिमा लागीने महानगर बाल मैत्री फोकल पर्सन मुकेश गुप्ता समेत बताएका छन l
आवर संसार नेपालका मुकेश साहले बालमैत्री महानगर बनाउन विभिन्न चुनौती रहेको र यसको प्राप्तीको लागी स्थानीय जन समुदाय, संचार माध्यम र नागरिक सँस्था सबै एक जुट भएर लाग्नु पर्ने साथै यो सँस्था पनि दिन रात खटेर काम गर्न तयार रहेको बताए । यस बाल दिवस मनाउने कार्यक्रममा आवर संसार नेपालका प्रतिनिधि हरु सोभित राज खनाल, सविता चौधरी लगायत, RTI अभियन्ता मनोज रौनियार र बाल क्लव संजालका प्रतिनिधि हरु राहुल साह, ज्योति साह, अरविन्द कुमार लगायतका उपस्थिति रहेको थियो l