नेपाली कांग्रेसलाई आगामी चुनावमा विजयी बनाउनका लागि आफुलाई वडा सभापतिमा जिताउन नेता नेपालको अपिल



काठमाडौं।यहि असोज ५ गते काङ्ग्रेसको  वडा  अधिवेशन हुने भए पछि नेतृत्व चयनको लागि अहिले गोकर्णेश्वरका  नेताहरुलाई  भ्याइनभ्याई भएको छ। नेतृत्व चयनको लागि अहिले नेताहरु आ आफ्नो दाबि सहित कृयासिल सदस्यहरुमाझ  दौडधुप गरिराखेका छन् ।उनिहरु कांग्रेसका क्रियाशील सदस्यहरुमाँझ नेताहरु आफ्नो नेतृत्वको दावी सहित जिताउनको लागि लागिपरेका छन् ।

यस्तै आगामी महाधिवेशन बाट दिवाकालिन अहोरात्र खट्नेलाई स्वागत तथा रात्रीकालिन सेवामा खट्नेलाई बिदा गरौ भन्ने मुल नारा सहित

आफ्नो नेतृत्व दाबी गर्दै यतिबेला काठमाडौं क्षेत्र नम्बर ३ को गोकर्णेश्वर ८ नम्बर वडा सभापतिको लागि कृष्ण प्रसाद नेपालले दाबी पेस गरेका छन् । नेपाली कांग्रेसलाई आगामी चुनावमा विजयी बनाउनका लागि, सबै कृयासिल सदस्यहरुलाई सम्मानजनक ढंगले समेटेर अगाडी बढाउने योजनामा रहेको बताउदै  नेता नेपालले वडा सभापतिमा उम्मेदवारी दिएको बताए ।

काठमाडौं क्षेत्र नं. ३ को गोकर्णेश्वर वडा नं ८ इकाई  कोषाध्यक्ष समेत रहेका नेपालले इकाइका सबै क्रियाशील सदस्यहरुलाई मिलाएर पार्टीको नीतिनियम अनुसार अगाडी बढ्ने बताए ।पार्टीको काममा सधै सक्रिय रहने  उनी
सामाजिक क्षेत्रमा समेत उतिकै अग्रसर रहने गर्छन्  । नेता नेपाल बेशिगाउँ युवा समुहका अध्यक्ष ,जोरपाटी फुटबल क्लबका सचिब त्यस्तै सिद्दिदात्री नवदुर्गा भगवती मन्दिरको सचिब समेत हुन् ।
०६२/०६३ को आन्दोलनबाट सक्रिय राजनीतिमा लागिपरेका युवा नेता नेपाल नेपाली काङ्ग्रेसको १३ औ महाधिवेशनबाट गोकर्णेश्वर ८ नम्बर इकाइ कोषाध्यक्षमा निरन्तर ५ बर्ष जिम्मेवारी निर्बाह गर्दै आइरहेका छन् । नेता नेपाल अध्यक्ष रहेको बेशिगाउँ युवा समुहले विभिन्न समयमा कम्प्युटर तालिम दिने देखि जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने, त्यस्तै काङ्ग्रेस नेता स्वर्गीय चक्र बहादुर ठकुरीको सम्झनामा विभिन्न कार्यक्रम समेत गर्दै आएका छन् ।विभिन्न आन्दोलन जस्तै गुठी विधेक, सम्सद पुनर्स्थापना ,कालोबजारी विरुद्धको आन्दोलन  लगायत अन्य आन्दोलन हुँदा सकृय हुने नेता नेपालसङ्ग नेतृत्व गर्न सक्ने खुवी रहेका उनी निकट नेता कार्याकर्ताहरु बताउछन् ।

गत २०७४ सालको स्थानीय चुनावमा गोकर्णेश्वरको १ नम्बर वडा देखि ९ नम्वर वडा सम्म  प्राय सवै वडामा  घरदैलो कार्यक्रम देखि भोट गन्ने कार्यमा खटिएका उनी प्रदेश  सभा सदस्य चुनावको मतगणना  समेत सकृय तरिकाले खटेका थिए।

नेपाली काङ्ग्रेसलाई म र मेरो भन्दा पनि हामी र हाम्रो नेपाली काङ्ग्रेस बनाउन  आफु अहोरात्र लागिपर्ने समेत उनले बताएका छन् ।
स्थानीयलाई समस्या पर्दा तत्काल सहयोग गर्न पुगिहाल्ने उनलाई स्थानीयहरुले समेत भाबी सभापतिको रुपमा हेर्न चाहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज