पश्चिम नवलपरासीमा दुई महिना भित्र २ कराेड बराबरकाे सामाग्री नियन्त्रणमा ।



सुरेश यादव – नवलपरासी, २ असाेज । पश्चिम नवलपरासीको नेपाल भारत सीमा नाकाबाट अवैध रुपमा भित्र्याइएका दुई करोड बराबरको सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ । सीमा नाका बन्द हुँदा पनि अवैध कारोबारमा संलग्‍न भएर भन्सार छली गरेर ल्याइएका २ करोड ४९ लाख बराबरको सामग्री जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले पछिल्लो दुई महिनाको अवधिमा बरामद गरेको हो ।

भन्सार छलेर ल्याइएका सबै सामग्री महेषपुर मूल भन्सारलाई बुझाइएको डीएसपी राजु लामाले बताउनुभयाे । प्रहरीले भन्सार छलेर ल्याइएका हरियो केराउ, किरानाका सामान, निमार्ण सामग्री, लत्ता कपडा, इलेक्ट्रोनिक सामान र सवारी साधनका पाटपुर्जा बरामद गरेको हो । हरियो केराउ मात्रै प्रहरीले १ करोड ५० लाखभन्दा बढी भएको प्रहरीले जनाएको छ ।

सीमा नाका बन्द भएपनि लुकिछिपी सामान आयत हुने गरेको गुनासा आएपछि प्रहरीले नाकामा निगरानी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर