अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ आश्विन २, शनिबार १४:३२ बजे

महेश सिंह –  सिरहा लहान, २ असोज l सप्तरीको सुरुङ्गगा नगरपालीका हनुमान चौधरी स्थित स्थानीय कमलपुर गाउँलेहरुले भब्यरुपमा बिश्वकर्मा पुजा मनाएका छन्।गाउँका दर्जनौं ब्यक्तीहरुले अ-आफ्नो घरमा बिश्वकर्मा बाबाको पुर्ति स्थापना गरी भब्यरूपमा पुजा अर्चना गरेका स्थानीय सरोवर महतोले जानकारी दिनु भयो। नेपालका मध्य तराईका जिल्लाहरुमा बिशेष गरी विश्वकर्मा पूजा मनाईन्छ ।

बुधबारको दिनलाई बास्तु दिवसका रुपमा पनि मनाउने गरेका छन्।बिश्वकर्मा पुजामा विभिन्न औजार तथा मेसिनरी सामान तथा सवारी साधनको पुजा बुधबारा गरी बिश्वकर्मा पूजा मनाउने चलन रहेको छ।

खास गरी कल कारखानामा विश्वकर्माको मुर्ति राखि भजनर्कितनका साथ धुमधामका साथ पुजा गर्ने चलन छ । विश्वकर्मा पुजा गरे सफलता मिल्ने र औजारबाट कुनै हानी नोक्सानी नहुने विश्वास छ ।

यसैगरी, सुदुरपश्चिममा विजय उत्सवको रुपमा मनाउने बुढीपोल्ने पर्ब बुधबार धुमधामका साथ मनाईदै छ ।
प्रत्येक बर्ष असोज सँक्रान्तिका दिन बुढी अर्थात राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको उत्सवको रुपमा यो पर्व मनाईन्छ ।

बिश्वकर्मा बाबाको मुर्ति सेलाउन गाउँका दर्जनौं ट्राकटरमा बजा गाजाको साथ सास्कृती प्रोग्राम गर्दै गाउँका हजारौं महिला पुरुषहरूले नाचगान गर्दै एक अर्कामा अबिर लगाउदै खुशीयाली बाडदै नजिकै पर्ने उदयपुरको बलान खोला पुगने गरेका छन्।मुर्ति सेलाउने कार्यक्रममा गाउँका उल्लेखनीय ब्यक्तीहरुको सहभागीता रहेको स्थानीय सुरेश महतोले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय