
वीरगञ्ज ,२ असोज । पर्साको बहुदरमाई नगरपालिकामा एक युवकको डुबेर मृत्यु भएको छ । बहुदरमाई नगरपालिका–२ बस्ने २२ वर्षीय श्याम कुमार साहको मृत्यु भएको हो ।
पिकनिक गएर फर्कने क्रममा दिउँसो साढे ३ बजेतिर जसौलीस्थित तिलावे नदीको पुलभन्दा तल ६/७ जना नुहाउन पसेका थिए । उनीहरुमध्ये २ जना नदीमा डुबेका थिए । एकजनालाई गाउँलेले दिउँसै उद्दार गरेर उपचारका लागि नारायणी अस्पताल पठाएका थिए । भने श्याम कुमार वेपत्ता भएका थिए ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा पसेर खोज तथा उद्दारका लागि प्रयास गरेको थियो । अबेर साँझ श्यामको शव भेटिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए ।
उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।