अपडेट 
दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा |
२०७८ आश्विन २, शनिबार १५:०९ बजे

सुर्खेत,२ असोज  । पछिल्लो २४ घण्टामा सुर्खेतमा प्रहरीले जुवा खेलिरहेको ठाउँबाट एक लाख ७४ हजार नगदसहित १२ जनालाई पक्राउ गरेको छ l वीरेन्द्रनगर नगरपालिका–२, फलाटेबाट ६५ हजार नगदसहित चारजना, वीरेन्द्रनगरकै पवन होटलबाट ३५ हजार सहित ६ जना र न्यूरोडबाट ७४ हजार नगद सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘दशैं र तिहार लगायतका चार्डपर्व नजिकीदै गर्दा वीरेन्द्रनगरमा जुवाडेहरु पनि बढ्न थालेका छन्,’ प्रहरी निरीक्षक कनक शाहीले भने, ‘यसलाई नियन्त्रण गर्न प्रहरीले विशेष अभियान नै थालेको छ ।’

उनका अनुसार विगतका वर्षहरुमा होटल, पसल र व्यक्तिगत घरमा भेटिने जुवाडेहरु यो वर्ष भने प्रहरीले सुइको नपाउने ठाउँमा भेटिन थालेका छन् । खेतमा, झाडीको बीचमा, हिलाम्मे सडकबाट जानै नसकिने ठाउँहरुमा भेटिने गरेको प्रहरीले जनाएको छ ।

‘कुनै पनि व्यक्तिको ओहोरदोहोर नहुने स्थान र झाडीहरुमा जुवाडेहरु भेटिन थालेपनि प्रहरीले नयाँ रणनीति अपनाएको छ,’ प्रहरी निरीक्षक शाही भन्छन्, ‘बजार क्षेत्रसँगै ग्रामीण इलाकाहरुमा पनि सादा पोशाकका प्रहरीलाई निगरानी गर्न खटाएका छौं ।’

पक्राउ परेका जुवाडेहरुलाई जुवा ऐन अन्तरगत मुद्दा चलाइने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय