वीरगंज , २ असोज। नेकपा माओबादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी पर्साको जिल्ला समिति चयनमा विवाद देखिएको छ ।
समिति चयनको केही समय नवित्दै जिल्ला अध्यक्षका दाबेदार रहेको संंदिप बिक्रम साह लगायत २७ जना जिल्ला सदस्यले विमती जनाएका छन् ।
उनीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै अनेरास्ववियु पर्साको ६ औं अबिधेशनबाट जिल्ला अध्यक्ष बाहेकको अन्य पदाधिकारीहरु सर्वसहमतले चयन भएपनि अध्यक्षमा सहमती जुटन नसकेको जनाएका हुन् ।
अध्यक्ष चयनको लागि अधिवेशनले पार्टीका जिल्ला अध्यक्ष विजय महतो र प्रदेश सदस्य रामदरश कुशवाहालाई जिम्मेवारी दिए पनि उहाहरु थाहा नदिई केही व्यक्तिहरुले अध्यक्ष सहितको समिति घोषणा गरेकोमा हाम्रो आपती रहेको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् ।
सहमतीबाट चयन हुन नसकेको अध्यक्ष निर्वाचनबाट चयन गर्नु पर्ने अध्यक्षका दाबेदार रहेका संदिप बिक्रम साहले वताए ।
उनीसहित जिल्ला उपाध्यक्ष बब्लु कुशवाहा, सह सचिव लहावर राम, कोषाध्यक्ष सुष्मा चौरसिया, सदस्यहरु रबिन्द्र रौनियार , संजय साह, चन्दन सिंह, प्रियांका यादव, पुजा चौधरी, प्रेम यादव, तुल्सी साह, निसा नेपाली लगायतकाले जारी विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।