सरकारको अव्यवहारिक नितिले गर्दा होटेल तथा पर्यटन व्यवसाय धरासायी हुँदै गएको :- अध्यक्ष पन्त



बिरगंज , २ असोज । सरकारको अव्यावहारिक नीतिले सीमा क्षेत्रको होटल तथा पर्यटन व्यवसायमा गरिएको अर्बौंको लगानी डुब्ने खतरा बढेर गएको छ। कोरोनाको कारण मात्र नभई नेपाल सरकारको अव्यावहारिक नीतिले पनि यहाँको होटल तथा पर्यटन क्षेत्रमा गरेको लगानी डुब्ने खतरा बढेर गएको हो।

‘पर्यटन फष्टाउनका लागि पर्यटकको आगमन प्रमुख कुरा हो। यसमा नेपाल सरकार उदासीन छ’ होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले भने। विना परीक्षण सीमाबाट बग्रेल्ती मानिस आउजाउ भइरहँदा पर्यटकका सवालमा सरकार असहज वातावरण बनाउन उदत् हुनु राम्रो संकेत होइन उनले थपे। मुलुकको प्रमुख स्थलमार्ग भएर आउने पर्यटकका लागि सरकारले पर्यटक आकर्षक योजना ल्याउनु पर्ने होटल तथा पर्यटन व्यवसायी संघ पर्साले पर्सेली सञ्‍चारकर्मीसँग अन्तरक्रिया गरी सुझाव दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज