२०७८ आश्विन २, शनिबार १७:४२ बजे

बिरगंज , २ असोज। लौहपुरुष स्व. गणेशमान सिंहको २४ औ पुण्यतिथीको अवसरमा बिरगंजमा गणेशमान सिंहको सालिक परिसरमा दिप प्रजवलन कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाली काङ्ग्रेस बिरगंज वडा कार्यसमिति ५ ले बिरगंजको गणेशमान सिंह चौकमा अवस्थित स्व. गणेशमान सिंहको सालिक परिसरमा आयोजना गरेको सो कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका सभापती अजय दिवेदीले उहाको सालिकमा माल्यार्पण गरेका थिए भने बिरगंजका उपमेयर शान्ती कार्किले दिप प्रज्वलन गरि फुल अबिर चढाइ उहाप्रती श्रद्धा सुमन अर्पण गरेका थिए ।

स्थानिय अग्रज समाजसेवी मोहनलाल सराफ एवम गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाश अमात्य लगायत सहभागी सम्पुर्णले फुल अबिर चढाउनुका साथै दिप प्रज्वलन गरि श्रद्धा सुमन अर्पण गरेका थिए ।

सो अवसरमा नेपाली काङ्ग्रेसका उपसभापति प्रकाश उपाध्याय , क्षेत्रीय सभापती बिजय सराफ,बिमपा वडा ४ का वडाअध्यक्ष जगत साह कानु, नेपाली काङ्ग्रेसका नेता नरेन्द्र शाह , मधुसूदन कुमार श्रीवास्तव , जिपि कोइराला फाउन्डेसन का सभापती मो. सहाबुदिन , नेपाल महिला संघको अध्यक्ष बिधा श्रेष्ठ , स्कुल आफ डेमोक्रेसीका अध्यक्ष कोकिला कडेल चौरसिया , वडा -४ का वडासदस्य राधा कार्की शर्मा गोसाइ, मिन्टु सिंह ,वडा ४ का बुथ सभापती मणि कुमार खडका,किरण सरकार,सुशील जोशी ,मनोहर साह, दिलिप कार्की , सन्चारकर्मिहरु पब्लिक एफएमका लालबाबु सिंह ,बिन्दास एफ एम का पन्नालाल पटेल लगायत नेपाली काङ्ग्रेस पर्साका नेता कार्यकर्ताहरु ,बुथ ४ एवम ५ का पदाधिकारि सदस्यहरु, भातृ संगठनका नेता कार्यकर्ताहरु एवम स्थानियहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमका सहभागिहरुले एक मिनेट मौन धारण गरि स्व. गणेशमान सिंह प्रती श्रद्धाञ्जली अर्पन गरेका थिए भने कार्यक्रम को सहजीकरण नेपाली काङ्ग्रेस बिमपा वडा कार्यसमिती ५ का अध्यक्ष हुकुम सिंहले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय