अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ आश्विन २, शनिबार १७:५३ बजे

बिरगंज , २ असोज । आफ्नै भवनमा नेपाली कांग्रेस पर्साको जिल्ला कार्यालय आज सरेको छ ।

यहि मिति २०७८ असोज १ गतेका दिन नेपाली कांग्रेस पर्साको जिल्ला कार्यालय आफ्नै भवन वीरगंज महानगरपालीका वडा नं.२४ मा सर्न लागेकोले सो शुभ अवसरमा नेपाली कांग्रेस पर्साद्धारा नेपाली कांग्रेसको चार तारे झण्डा झण्डोतलन गरि उदघाटन गरिएको थियो ।

नेपाली कांग्रेस पर्साकाे जिल्ला कार्यालय आत्माराम ओझा/दुखा सहनी स्मृति भवनमा आज आत्माराम ओझाजीकाे भतिजा सत्येन्द नारायण ओझा तथा दुखा सहनीकाे श्रीमती सुरूजपती देवी , नेपाली कांग्रेसकाे वरिष्ठ नेता देवेन्द्रलाल नेपाली , नेपाली कांग्रेस पर्साकाे सभापति अजय कुमार द्विवेदीले संयुक्तरूपमा नेपाली कांग्रेसकाे चार तारे झण्डाकाे झण्डाेतलन गरि सुभारम्भ गरिएको हो।

साे अवसरमा जिल्ला उपसभापति द्वय दिना गुप्ता ,प्रकाश उपध्याय,सचिव द्वय किशाेरी साह कानु,श्याम पटेल,सहसचिव द्वय राेशन लामिछाने,किरण सरकार,विधायक शंकर चाैधरी,राजेश्वर साह,वरिष्ठ नेताहरू विरेन्दलाल नेपाली,बिध्या श्रेष्ठ , कोपिल कडेल रुपा श्रेष्ठ , मिन्टु सिहँ , सन्तोष खतिवडा, मनोजा चौधरी,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता लगायत महासमिति सदस्यहरू,महाधिवेशन प्रतिनिधिहरू,क्षेत्र,प्रदेश ,नगरपालिका ,गाउपालीका,वडा तहका पदाधिकारी, सदस्यहरू,भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरू एवं कृयाशिल सदस्यहरूकाे व्यापक उपस्थिति रहेको राहुल गुप्ताले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय