
नरेन्द्र महताे – गाैशाला, ३ असाेज l महाेत्तरी जिल्लाकाे रामगाेपाल पुर नगरपालिक स्थित रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महीना देखि एम वि वि एस डा. विहिन रहेकाे छ ।नेपाल सरकारकाे नियम कानुन अनुसार देशकाे प्रत्येक प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत डा. काे व्यवस्था गरिएकाे छ तर यहाँ दुई महीना देखि मेडिकल अधिकृत नभएकाे नि. कार्यालय प्रमुख दुखरण पंडितले जानकारी दिएका छन ।
नगरपालिकाले मेडिकल अधिकृत डा.काे लागि स्वास्थ्य मंत्रलाय सँग माँग गरिएकाे छ जाे कि निकट भविष्य अाउनु हुने पंडितले सप्ष्ट पारे। यस स्वास्थ्य संस्थामा MBBSS डा. नभए पनि यहिले कार्यरत कर्मचारी कुनै विरामिलाई सेवा दिन बाट वन्चित गरिएकाे छैन आफुले पाएकाे अधिकार भरपुर सदुपयाेग गर्ने गरिन्छ यदि त्यस्ताे कुनै ईमरजेन्सी केश अाएमा सेवा युक्त सरकारी अस्पतालमा पठाउने गरिन्छ ।
यहाँ पहिले के कती कमजाेरी भएकाे वा नभएकाे त्याे सँग सराेकार नराखेर अहिले ल्याव जाँचकाे लागि बाहिर नपठाएर यहाँ नीर सवै व्यवस्था मिलाईएकाेले बाहिर जान नपरेकाे पंडितले जनाए। विरामिहरुलाई सेवा दिनकाे लागि २४ घन्टा कर्मचारी खटाईएकाे छ ।
नगरपालिका सँग राम्राे व्यवहार रहेकाेले कुनै कर्मचारीहरुलाई भेदभावकाे नजरले नदेखेकाे उनले बताए।
अर्काे प्रसंगमा अहिले औषधि ४०% मात्र रहेकाेले पु: न माँगकाे प्रक्रिया अगाडि बढाउने छाै ।महिनाकाे अन्त भएकाे कारण औषधिमा कमि भएकाे छ।
काम गर्नेकाे ईछा शक्ति हुनु पर्छ म आए दिन देखि अव्यवस्थितलाई व्यवस्थित बनाउन हर संभव प्रयास गरेकाे छु ,प्रयास सफल भएकाे दावि गरे तर केही त्रिटु रहे पनि दुई चार दिनमा समाधान हुने पंडितले जनाए ।