अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७८ आश्विन ४, सोमबार ०२:०२ बजे

हरिशंकर शर्मा – वीरगंज (पर्सा), ३ असोज । वीरगन्ज महानगरपालिका वडा नं. १४ बहुअरी स्थित रहेको स्पर्श मल्टि स्पेशलिटि अस्पतालले विच्छुले टोकेर चिन्ताजनक अवस्थामा पुगेकी एक किशोरीको सफल उपचार गरेको छ ।

बारा जिल्लाको निजगढ – ४ निवासी १६ वर्षीय किशोरी एलिजा सुनुवारलाई विच्छुले टोकेर चिन्ताजनक अवस्थामा पु¥याएको १३ दिन पश्चात सफल उपचार गरेको हो । जँगलमा घाँस काट्ने क्रममा विच्छुले टोक्दा निजगढ स्थित स्थानीय उपचार सेवा केन्द्रमा उपचार गराई त्यहाँबाट धामी झाँक्री हुँदै वीरगन्जको नेशनल मेडिकल कलेज एवं नारायणी अस्पताल हुँदै स्पर्श अस्पतालमा आइपुगेकी किशोरीलाई स्पर्श अस्पतालका प्रबन्धन निर्देशक डा. महेश्वर कुर्मी र डा. घनश्याम कुमार यादवको टिमले १३ दिन पश्चात उपचार गर्न सफल भएको हो ।

विभिन्न अस्पताल हुँदै स्पर्श अस्पतालमा चिन्ताजनक अवस्थामा आएकी किशोरीलाई ५ दिन भेन्डिलेटरमा राखेर उपचार गर्दा स्वास्थ्यमा सुधार आएपछि चिकित्सकको टिमलाई अब विरामीलाई रिकभर गर्न सकिन्छ भन्नेमा विश्वस्त भएको डा. महेश्वर कुर्मीले जानकारी दिए । उनका अनुसार ५ दिनको भेन्डिेलटरमा राखेर उपचार पश्चात स्वास्थ्यमा सुधार आएपछि ३ दिन आईसियूमा राखेर एवं ५ दिन वार्डमा राखेर उपचार गर्दै आइतबार (आज) १३ औं दिनसम्म पूर्ण रुपमा उपचार गर्न सफल भएको बताए ।

विभिन्न अस्पतालबाट रेफर भएर आएकी किशोरीको अवस्था एकदमै चिन्ताजनक थियो । साँस फेर्न गाह्रो, मुखबाट ब्लड निस्कनु, सेचुरेशन लेबल ६६ प्रतिशत, बेहोस् अवस्था एवं स्वाँस प्रस्वाँस तिब्र गतिको अवस्थामा किशोरीलाई ल्याइएको थियो भन्दै डा. कुर्मीले अवस्था हेरेर नै चिन्ताजनक थियो तर भेन्डिलेटरमा राखी कृत्तिम स्वाँस प्रस्वाँसलाई नियन्त्रणमा राखेर उपचार गर्दा स्वास्थ्य अवस्थामा सुधार आएपछि अब किशोरीलाई बचाउन सकिने भन्नेमा विश्वस्त भएको बताए ।

यही २०७८ वैशाख २६ गतेदेखि कोरोना महामारीकै बीच संचालनमा आएको उक्त अस्प्तालले छोटो समयमै बढि भन्दा बढि र चिन्ताजनक अवस्थामा विरामीहरुलाई उपचार गर्न सफल भएको डा. कुर्मीको भनाई छ । गम्भिर अवस्थामा पुगेका विरामीहरुलाई वीरगन्ज बाहिर रेफर गर्ने परिपाटीलाई अन्त्य गर्दै स्पर्श अस्पतालले सम्पूर्ण रोगको उपचार एकै ठाउँमा हुने गरि सेवा सुविधा विस्तार गर्दै गएको डा. कुर्मीको भनाई छ । अस्पताल भर्खरै संचालनमा आएको हुनाले व्यवस्थापनमा केही कमि कमजोरी भएको हुन सक्ने भन्दै अबको दिनमा व्यवस्थित तरिकाले अस्पतालको व्यवस्थापन गर्दै लैजाने उनको भनाई छ ।

नेपाल सरकारको मापदण्ड भित्र रहेर यस अस्पतालले हालको लागि २५ वेडको सेवा सुविधा दिदै आएको तर आगामी दिनमा पुनः नेपाल सरकारसँग समन्वय गरि बेड थप्दै यहाँबाट प्रदान गरिने सेवालाई झनै प्रभावकारी बनाउँदै लैजाने डा. कुर्मीले दाबी गरे । यस अस्पतालमा ८ जना विशेषज्ञ चिक्सिकहरुको टिमले सेवा दिदै आएको छ । अस्पतालले मेडिशिन, गाइनो, पिडिआ, अर्थो, ग्यास्ट्रो, पल्मो, सर्जरी र न्यूरो सर्जरीको सुविधा दिदै आएको डा. कुर्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय