पर्सामा सोमबार ६ ओटा सशस्त्र प्रहरीको नवनिर्मित भवनको उद्घाटन



मेघराज राय – जिराभवानी, २ असोज l छिन्नमस्त बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव निरीक्षक प्रकाश चन्द्र गौतमले आज ठोरी गाउँपालिका वडा नम्बर २ ,३ र ५ मा नवनिर्मित सशस्त्र प्रहरीको भवन उद्घाटन गरेका छ्न्।सशस्त्र प्रहरी प्रदेश नम्बर २ का प्रमुख समेत रहेका गौतमले आजै पर्सा जिल्लामा नवनिर्मित ६ ओटा सशस्त्र प्रहरीको भवन उद्घाटन गरेका छ्न्।

ठोरी २ राइधारा परिसरमा नवनिर्मित भवनको उद्घाटन गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक गौतमले शान्ति सुरक्षाको उचित प्रबन्ध भएन भने बिकास नहुने भन्दै सीमा सुरक्षा र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले अतुलनीय योगदान पुर्‍याएको चर्चा गरे।सरकारको सीमानामा ५ सय बि ओ पी पोष्ट स्थापना गर्ने लक्ष्य रहेको र त्यसै अन्तर्गत कै आज पर्साको ६ ओटा स्थानमा बि ओ पी भवन उद्घाटन हुन लागेको जानकारी समेत गौतमले दिए।

सीमा आफैंमा संवेदनशील विषयवस्तु भएकाले दुई देशको समन्वयमा कुशलता पूर्वक सशस्त्र प्रहरीले जिम्मेवारी निर्वाह गरिरहेकाले सीमामा आइपर्ने हरेक समस्यामा सुरक्षा निकाय र जनस्तरमा आपसी समन्वय गरी समाधान खोजिनुपर्ने धारणा समेत गौतमले व्यक्त गरे।अन्य प्रदेशको तुलनामा प्रदेश नं २ मा सशस्त्र प्रहरीले उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा आफू मातहतका सबै सशस्त्र प्रहरीलाई गौतमले बधाई तथा धन्यवाद दिएका थिए।खुल्ला सीमा भएकाले जस्तोसुकै गतिविधि हुने भएको हुँदा गैर कानुनी गतिविधिलाई सशस्त्र प्रहरीले क्षमा नदिने भन्दै सीमा सुरक्षा र शान्ति सुरक्षामा कुनै कसुर बाँकी नराख्न गौतमले निर्देशन समेत दिएका थिए।

कार्यक्रममा पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले ठोरीमा सीमा बिवाद भइ रहने स्थान ठुटेखोलाको नजिकै बि ओ पि पोष्टको स्थपनाले सीमा बिवाद नहुने विस्वास व्यक्त गर्दै बि ओ पि पोष्ट निर्माणको लागि प्रत्यक्ष परोक्ष सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिएका थिए।ठोरी २ मा रहेको सशस्त्र प्रहरी भवन उद्घाटन समारोहको सहजीकरण बि ओ पी ठोरीका प्रमुख समेत रहेका सशस्त्र प्रहरी निरीक्षक शंकर कोइरालाले गरेका थिए भने ठोरी ५ सुवर्णपुरको उद्घाटन समारोहको सहजीकरण बि ओ पी भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक राजाराम बस्नेतले गरेका थिए।

आज पर्साको ठोरी २ भन्सार ,ठोरी ३ ब्रहम नगर,ठोरी ५ सुवर्णपुर,भिस्वा,पकामैनपुर र अमरपट्टी गरी ६ स्थानमा सशस्त्र प्रहरीको नवनिर्मित भवनको समुद्घाटन सम्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज