
रौतहट – रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको बसपार्क बाट प्रहरीले ४० किलो चाँदीको गहना सहित एक जनालाई मंगलबार बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा न २ को ३५ बर्षिय बिध्यानंद साह रहेको छ ।
यादवले अस्थायी प्रहरी चौकी बसपार्कको इन्चार्ज बनेर आए देखिने गौर बसपार्क एरियामा अनैतिक क्रियाकलाप बन्द हुदै गएपछि स्थानीयले शान्ति सुरक्षाको आभास महसुस गर्दै आइरहेका छन् । यादव भन्छन् ,’अबैध कारोबारीलाई कारबाही गर्नै पर्छ।’
अस्थायी प्रहरी चौकी बसपार्कको प्रहरी सहायक निरीक्षक बडाबाबु प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेक जांच गर्ने क्रममा काठमाडौँ बाट गौर आएको ज्वाला डीलकश बस बाट बाहिर झर्दा संका लागेर चेक जांच गर्दा ४० किलो चांदी २ वटा कालो झोलामा २०/२० किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
चाँदीको गहना सहित पक्राउ गरिएको व्यक्तिलाई थप्प अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको र आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भईरहेको प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमोरियाले बताउनु भएको छ ।