मेघराज राय – जिराभवानी, ५ असोज l पर्साको ठोरी गाउँपालिका-३ का वडाध्यक्ष सुर्य लामा सहितको टोलि माननीय पम्फा भुसाल (उर्जा जलस्रोत तथा सिचाइ मन्त्री) ज्युसङ्ग भेटवार्ता गरेका छन् । उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयमा माननीय भुसाल ज्युसङ्ग ठोरी ३ शिकारीबासको बिधुत जडान तथा ठुटेखोला सिचाई आयोजना बारे छलफल गरेका हुन् ।
शिकारीवासमा ५२ घरधुरी छन् भने २५० भन्दा बढी बासिन्दा रहेको छ । अधिकांश थारू जातीको बाहुल्य रहेको उक्त बस्ती निर्मलबस्तीबाट ७ किलोमिटर उत्तर र ब्रह्मनगरबाट ३ किलोमिटर उत्तर, पर्सा राष्ट्रिय निकुञ्ज तथा चितवन राष्ट्रिय निकुञ्जको दोसाँधमा छ ।
यस भेगका जनता अहिले पनि टुकी बत्ती बालेर जीवन व्यतीत गर्दै आएका छन् । त्यस्तै ठोरी-३ को खेतीयोग्य जमिन को लागि ठुटेखोला सिचाइ आयोजनाको बारेमा छलफल गरेको र मन्त्री भुसाल सकारात्मक रहेको टोलिका सदस्य बाल कुमार बस्नेतले बताए ।