
वीरगंज , ८ असोज l पर्साको ठोरी नाकाबाट भारतीय कपडा र राङा भैसीको तस्करी हुने क्रम फेरि बढेको छ । ०७२/०७३ मा मधेस आन्दोलनका क्रममा ठोरी नाकाबाट इन्धनका साथै भारतीय कपडाको पनि व्यापक तस्करी भएपछि प्रहरी र राजश्व कार्यालयले कडाइ गर्दा रोकिएको कपडा र राङ्गा भैसीको तस्करी अहिले फेरि व्यापक मात्रामा भइरहेको स्थानीयवासीले बताएका छन् ।
कारोबारीहरुले भारतको बेतिया ,नरकटियागन्ज,मैनाटाड, इनर्वा लगायतका बजारबाट खरिद गरेको कपडा,पितलको भाडाकुडा र इलेक्ट्रोनिक समान ठोरी नाका हुदै अवधै रुपमा भित्रयाएर चितवनको माडी , नारायणगढ , पोखरा र काठमाण्डौ सम्म पुरयाउने गरेका छन् । भारतबाट राजश्व छलेर ल्याइएको भारतीय कपडा ठोरीबाट चल्ने यात्रुवाहक बसमा राखेर विभिन्न शहरमा कारोबारीहरुले पुरयाउने गरेका हुन् ।
ठोरीमा रहेका छोटी भन्सार कार्यालय , सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक शंकर कोइराला र ईलाका प्रहरी कार्यालयका ठोरी प्रहरी निरीक्षक ब्रहम्देव साह कै मिलोमतोमै कारोबारीहरुले भारतीय कपडा, इलेक्ट्रोनिक समान र भाडाकुडा को तस्करी गर्दै आएको स्थानीयवासीले बताएका छन् ।
ठोरी छोटी भन्सार कार्यालयले घरायसी प्रयोजनका लागि ल्याइने पाच हजार मुल्य बराबरको सामानको मात्र भन्सार प्रज्ञापनपत्र काट्ने गरेको छ । तर कारोबारीहरुले भन्सारका कर्मचारी र प्रहरीको मिलोमतोमा एकै पटकमा लाखौ रुपैया मुल्य बराबरको कपडा र इलेक्ट्रोनिक समान अवैध रुपमा भित्रयाउदै आएको स्थानीयवासीले बताएका छन् ।
यसैबिच पर्साको सुवर्ण पुर बाट काठमाडौ को लागि चल्ने रात्री बसमा पनि चिनी कपडा को तस्करी भैरहेको स्थानीयले बताएका छ्न ।तस्करीमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्ण पुर र ईलाका प्रहरी कार्यालय ठोरीको सुरक्षाकर्मिले खुल्याम रुपले तस्कर सङ मिलेर आफै सो समान हरु बसमा सेटिङ गर्ने गरेको स्थानीयले जनाएका छ्न।
भारतको विभिन्न ठाउ बाट खरिद गरि अबैध तरिका बाट बिजयबस्ती मालिबस्ति रामनगर स्वाउलिबस्तीको नाकाबाट दिन्हु जसो भार्तिय राङ्गा भैंसी भित्र्याई जगरनाथपुर को पसुहाट बजार न पुर्याई सो ठाउँको बिलबिजक बनाई दिन्हु जसो राङ्गा भैंसी पिकअप भैन र ट्रकमा लोड गरेर नेपालको विभिन्न ठाउँमा पुर्यादा समेत पुलिस प्रसान मौन हुदा ? आर्थिक नजराना रहेको स्रोतको दाबी रहेको छ।