
भिस्वा, ८ असोज l पर्साको छिपहरमाई गाउँपालिका ३ स्थित बुडगाई बाट सशस्त्र प्रहरीले लागू औषध गाजा बरामद गरेको छ ।
बिहीबार राति २ बजे छिपहरमाई गाउपालिका ३ बुड्गाई स्थित बोर्डर ईलाका खेतको बाटो हुँदै नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा १० केजी ६४० ग्राम गाजा सशस्त्र प्रहरीको टोलिले पक्राउ गरेको हाे । गाजा तस्कर प्रहरीलाई देख्न साथ फालेर फरार भएको थियो l नेपाल बोर्डर आउट पोष्ट भिस्वा बंजारी बाट सशस्त्र प्रहरी निरीक्षक कृष्णा पौडेलको पैदल गस्ती टोलीले बरामद गरेको हो ।
सशस्त्र प्रहरीले १० केजी ६४० ग्राम ६० लागू औषध गाजा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरियाको जिम्मा लगाएको पठाइएको सशस्त्रका डीएसपि निर्मल थापाले बताउनु भयो ।
प्रतिक्रिया!