बिरगंज , ७ असोज। पटेर्वा सुगौली गाउँपालिकाको भथौडा टोलमा जनता समाजवादी पार्टी नेपालको संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टीका गाउँपालिका अध्यक्ष रामधेनि यादबको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि माननीय संसद हरिनारायण रौनियार पार्टीलाई अझै शसक्त बनाउन गाउँ गाउँ संगठन बिस्तार गर्ने तथा हामी र हाम्रो प्रदेश न २ ले गरेको कामहरु जनताको माझ लैजाने कुरामा जोड दिनु भएको थियो । पार्टी भित्र रहेका राम्रो कुराहरुलाई जनतालाई बुझाउन को लागि यो कार्यक्रम भैरहेको बताए ।
पार्टीलाई अझै बलीयो रुपमा अगाडि बढ्नको लागि सुदृढीकरण गर्ने समेत जरुरी रहेको अवधारणा माननीय संसद हरिनारायण रौनियारको रहेको थियो । बिशिष्ट अतिथि पृर्ब मन्त्री मोहनलाल चौधरी, अतिथि केन्द्रीय सदस्य फिरोज मंसुर , जिल्ला अध्यक्ष रामनरेश यादब, केपस शलाउदिन अहमद, जिल्ला सचिव तबरेज अहमद, मौलाना नुरुलहोदा , शिक्षक फोरम अध्यक्ष हरेन्द्र चौरासीया लगायतका सहभागीता रहेको थियो ।कार्यक्रमको सहजिकरण प्रदेश सदस्य दिपक यादबले गरेका थिए।