भारतबाट भन्सार छली ल्याउदै गरेको समानसहित दुई जना पक्राउ l



जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा भन्सार छली ल्याउदै गरेको समान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीवार करिब ०८:०० बजेको समयमा धनुषा जिल्लाका जनकपुर उप-महानगरपालिका वडा नं. ७ स्थित माछाबजारमा जिल्ला प्रहरी कार्यलय धनुषा र प्रहरी चौकी जिरोमाईल धनुषाबाट संयुक्त रुपमा खटि गएको प्रहरी टोलीले चेक प्वाईन्ट थापी सवारी साधनहरू चेक जाँच गर्ने क्रममा २ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने चालक झापा जिल्ला दमक नगरपालिका ४ वस्ने ४० वर्षको ओम बहादुर दर्जी र सो गाडीमा सवार जनकपुर उप-महानगरपालिका वडा नं. १० वस्ने ४० वर्षको मुकेश साह रहेको हुन् ।

यससँगै बसहियाबाट जनकपुर तर्फ आउदै गरेको ज.१ च. ११११ नं. को बलोरो पिकप गाडी रोकी चेक जाँच गर्दा भारतबाट भन्सार छली चोरी निकासी गरी ल्याएको धनुषा प्रहरीको फेला परेको छ । यसैगरी बिभिन्न किसिमको लताकपडा ५ पोका रू. ५,६१,००० र गाडी बलोरो पिकप थान-१ रू. ७,००,०००।– गरी जम्मा रू १२,६१०००।– बराबरको समान समेत रित पुर्वक बरामद गरिएको छ ।

यद्यपि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई आजै आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज