अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७८ आश्विन ८, शुक्रबार १६:०१ बजे

वीरगंज। लागु औषध नियन्त्रण व्यूरो तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले २ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको वी.म.न.पा.वडा नं.१७ अलौ बस्ने २३ वर्षिय सुनिल साह र पर्सा जिल्लाको वी.म.न.पा.वडा नं.१७ सिमान टोल बस्ने ३९ वर्षिय बिनोद दास हरिजन रहेका छन।

शुक्रबार दिउसो १ बजे बिशेष सूचनाको अधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१५ बसपार्क स्थित सडकखण्डमा भारतबाट नेपालतर्फ आईरहेका ना.३५ प ४०४८ नम्बरको कालो सुपर स्प्लेण्डर मोटरसाइकललाई रोकी चेक जाँच गर्दा मो.सा.पछाडि हरिजनले बोकेको कालो प्लाष्टिकको झोलामा लुकाइछिपाई ल्याएको लागू औषध नाईट्राभेट ट्याब्लेट १४७० पिस सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओम प्रकाश खनालले जानकारी दिएका छन।

लागु औषध र मो.सा. सहित साह र हरिजन लाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय