२०७८ आश्विन १०, आईतवार ०२:४८ बजे

काठमाडौं । नेपाल दलित मुक्ती संगठनले दलितको नाममा आफुहरुले मात्र फाइदा लिएको प्रती  प्रतिभाजाती नागरिक समाज नेपालका अध्यक्ष दलबिर बिश्वकर्माले एक बिज्ञाप्ती निकालेर घोर निन्दा र भ्रत्सना गरेको छ। उनले बिश्वमा अब दलित नभएको भन्दै अब दलितको ठाउमा प्रतिभासाली नागरिक समाज निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तो छ बिज्ञाप्ति
हाम्रो जानकारीमा आए अनुसार मिती २०७८ साल असोज ७ गतेका दिन केहि आफुलाइ दलित भनाउदा गर्व गर्ने व्याक्तिहरुले नेपाल दलित मुक्ति संगठन नामको संगठन स्थापना गरेका रहेछन । तर आज दलित भन्ने शब्द हाम्रो समाजमा अपमान घृणित अछुत सानो जात आदीका रुपमा मात्र हेरिन्छ । यो संगठन बनाउनेहरुले  आफुलाई मात्र फाइदा हुने गरी, हामी मात्र दलित समुदाय हौ भन्ने अहंकार बोकेर, दलितका नाममा राज्यबाट अनेकौ सेवा र सुविधा लिन यो असामाजिक अमानविय संगठनको स्थापना गरेकोमा प्रतिभाजाती नागरिक समाज नेपाल परिवार र यसका अध्यक्ष दलविर विश्वकर्मा रसाइलीका तर्फबाट घोर निन्दा र आपत्ति जनाउदछौ ।

आजको जस्तो यति बैज्ञानिक र आधुनिक खुल्ला समाजमा पनि बारम्बार दलित शब्दका नामबाट संगठन खोलेर दलित समुदायको नै अपमान गरीएको छ । अब विश्वभरी कतै पनि दलित छैनन र हुँदैनन् पनि । यस्ता दलित संगठनका नाममा खोलिएका सरकारी वा गैरसरकारी संगठनहरुमा कुनै पनि प्रतिभा जातिहरु समलग्न नहुन सबैमा विनम्र निवेदन गर्दछु ।  प्रतिभाजाती नागरिक समाज नेपाल, नेपालबाट सबै प्रकारका दलितका नाममा भएका आयोगहरु र संघ संगठनहरु तुरुन्त बन्द गर्नुपर्छ र त्यसका स्थानमा प्रतिभा जाति नागरिक समाज मात्र बनाउनु पर्छ भन्ने मेरो र मेरो संस्थाको माग हो । दलित जात होइन अबस्था मात्र हो । दलित भन्ने शब्दले भावि सन्ततीको आत्मामा ज्यादै ठुलो चोट पुराएको छ । आज देखि कसैले पनि दलित भन्ने शब्द उच्चारण नै नगरौ । राजनैतिक चेतना भनेको त समाजका सबैको आत्मा सम्मान बढाउने, भातृत्वको भावना बढाउने हो । दलित बनेर राजनीतिमा भागवण्डा खोज्नु जति घृणीत र लुच्चो काम के नै हुन सक्छ र । यो देशमा राजनीति गर्ने हो भने समतामुलक समावेशि प्रकृया अपनाउनु पर्छ । समाजमा छुवाछुत र घृणित परम्पराको अन्त्य गर्न पनि सरकारले नै कदम चाल्नु पर्छ । अबको संगठन भनेको हामी दलित होइनौ  र दलित पनि बन्दैनौ र दलित जात पनि छैन । कसरी जात दलित हुन्छ ? सम्मानीत व्याक्तिहरुले यस्तो घृणित शब्दहरु प्रयोग गरेर भाषण गर्दा लाज लाग्दैन । हामी प्रतिभा हौ । विश्वका अगाडी सबै नेपाली प्रतिभा हौ र सबै प्रतिभा नेपाली हौं । दलित शब्दलाई सधैंका लागि दण्डनीय बनाउनु पर्छ । हामी थिचिएका, पिछाडी पारिएका चिप्लाइएका, दबाइएका, बन्चित गरीएका सबै वर्ग र तहका जनताको एउटै स्वर के हुनु पर्छ भने हाम्रो सामाजिक असमानता भनेको जातिय होइन आर्थिक र शिक्षा मात्र हो । कथित दलित भनाउँदाहरुका नेता भनाउदाहरुले खोलेका सबै संघ संगठनहरु माथि प्रतिबन्ध लगाउनु पर्छ । सबै राजनैतिक दलहरुले पनि दलित शब्द राखेर कुनै पनि भातृ निकायहरु खोल्न नदिनु होला । आजको नेपाली समाज धेरै अगाडी बढि सकेको छ । अबका सबै राजनीतिक पाटीहरुले दलित शब्द नभएका प्रतिभा समाजवादी समाज नेपालको नाम भएका संगठनहरु बनाउन मात्र  निर्देशन दिनु होला । यति भनेर निर्देशन दिनु भएन भने दलित भनेर सम्बोधन गरेको कुनै पनि गोष्ठि सभालमाई युवाहरुले बहिस्कार गर्नेछन । दलित भनेर कसैले कसैलाई हुकुमि शासन चलाउन पाइन्दैन ।  दलित शब्दले त नयाँ मुलुकि ऐनलाइृ समेत धज्जि उडाएको छ । नेपालको संविधानको धारा २४ र ४२ लाई हेरौ । त्यस्तै धारा २१५ को उपधारा ४ बाट दलित शब्द हटाउनु पर्छ ।  धारा २५८ को राष्ट्रिय समावेशि आयोगमा नै धारा २५५ को राष्ट्रिय दलित आयोग आदी सबै आयोगहरु समाबेश गर्नुपर्छ । प्रतिभाजाती नागरिक समाज नेपालद्धारा २०७१ साल बैशाख ५ गते संविधान निर्माण भैरहेको बेला तत्कालिन ६०१ जना संविधान सभाका संसद सदस्यहरु, राजनीति पाटी सभामुख आदीलाई ज्ञापन पत्र दिएर राज्यका सबै तह र क्षेत्रमा समावेशिताको जन्म गराएको हो र यसैको फल स्वरुप राष्ट्रिय समावेशि आयोग गठन भएको हो । यो ज्ञापन पत्रमा जातिगत आयोग नभएर राष्ट्रिय समाबेशि आयोग गठन गर्ने विषयहरु उल्लेख गरीएको थियो । प्रतिभाजाती नागरिक समाज नेपालद्धारा दिएको ज्ञापन पत्रकै कारणले राष्ट्रिय समाबेशि आयोग गठन गर्ने अवस्था सफल भएको हो । नभए यो आयोग गठन गर्ने ६०१ जना संविधान सभाका सदस्यहरुलाइ अत्तो पत्तो थिएन ।

आफुले आफैलाई दलितबाट प्रतिभा जातिमा रुपान्तरण गर्नु पर्नेमा झन दलित बन्न पाउदा रमाउने साथिहरु देख्दा समाज हामीलाई देखेर कति हाँस्तो हो । आजका कुनै पनि युवा पिढी आफुलाइ दलित भन्दा आत्मा ग्लानी,  अपमानीत भएको र समाजले घृणा गरेको ठान्दछन । त्यसैले यो प्रतिभाजाति समाजका  सिमित १÷२ जना व्याक्तिहरुको लोभानी पापानीका कारण खोलेको यो दलित जातिलाई घोर अपमान बेइजत र घृणा गर्ने संस्थाको तुरुन्तै विगठन गरेर हामी दलित होइनौ हामी नेपाली नागरिक मात्र हौ भन्ने सन्देश दिन सकौ । दलित नामबाट संगठन खोलेर हामी मानव समुदाय मानव समुदायबाटै छि छि र दुर दुर हुनबाट बचौं । हामी दलित हुदै होइन हामी त प्रतिभाजाति समुदाय हो, हामी आप्mनै योग्यता क्षमता दक्षता र प्रतिभाले बाँचेका छौ । आजवाट नेपालमा कोहि पनि दलित छैनन् र दलित अबको बैज्ञानिक युगमा हुदैनन् पनि ।

राष्ट्रिय दलित आयोग लगायत अरु सबै जातिय आयोगहरु खारेज गरेर एउटै राष्ट्रिय समावेशि आयोग गठन गर्नुपर्छ भन्ने प्रतिभाजाती नागरिक समाज नेपालको माग हो । सबैलाई नेपालमा जातिय नभएर बर्गिय कार्यक्रम ल्याउनु पर्छ र गरीब जति सबैलाइ बर्गिय कार्ड बाडेर कार्यक्रय ल्याउनु पर्छ भन्ने हाम्रो माग पुरा भएको छ । अब सबै नेपाली जेष्ठ नागरिकहरुलाई ६० वर्षको उमेर देखि नै बृद्द भत्ता दिनुपर्छ भन्ने हाम्रो माग हो । हालको बृद्द भत्ता वितरणमा असमानता पाइएको छ । कसैलाई ६० कसैलाई ७० वर्ष भन्ने नियम हटाउनु पर्छ । यो हाम्रो अभियान हो ।

आइन्दा दलित शब्दको सट्टा प्रतिभा शब्द राख्न शुरु गरौं ।  धन्यवाद ।

सम्प्रेश्रण ः प्रतिभाजाती नागरिक समाज नेपालको सचिवालयका तर्फबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय