२०७८ आश्विन ११, सोमबार ०१:३१ बजे

दशै नजिक आउँदैछ । दशै आएसँगै सुरु हुने बलि प्रथाबारेको बहस यसपटक अलि सुस्ताएको छ । बौद्ध समुदायको तर्फबाट म सधैं बलिप्रथाको विरुद्धमा उभिदै आएको छु । धार्मिकताको आडमा बलि दिने कुरा ठिक होइन भनेर म आफ्नु धारणा राखिरहेको छु ।
देवीहरुले बलि खान्छन् भन्ने हिन्दुहरुको पुरानो मान्यता छ । देवीहरुलाई हिंसात्मक बिम्बको रूपमा उभ्याएको छ । एकातिर देबिहरु सालीनता र उत्प्रेरणाका स्रोत हुन । अर्कोतिर देविहरु हिंसाका हिस्सेदार भइरहेका छ्न । जहाँसम्म लाग्छ आधिकारिक हिन्दु दर्शनले खसी , बोका , रागा काटेर बलि दिनुपर्छ भन्ने कुरामा जोड दिएको छ । मैले पढेको शास्त्र त्यस्तो उल्लेख्य छैन ।
बुद्धले सारा प्राणीको हितको कुरा गर्नुभयो । आफ्नो पैतालाले किरै नमरोस भन्ने कुरामा जोड दिनुभयो । यसैले बुद्ध धर्म प्राणी हितको दृस्ठिकोणबाट उच्च स्थानमा छ । सायदै संसारमा सारा प्राणी हित सोचिएको बौद्ध दर्शनमा मात्र हो ।
आधुनिक बिश्व इको सिस्टमको कुरा गर्छ । बाघ र मृगबिचमा इको सिस्टम चाहिने बताउछ । इको सिस्टम चाहिन्छ तर एकदमै क्रूर प्राणी हिंसाबाट कायम गरिएको इको सिस्टम प्रकृतिको बाँच्न पाउने अधिकारबाट धेरै पर पुग्छ ।
र त म भनिरहेको छु मन्दिर जस्तो पवित्र ठाँउमा बलि दिने काम बन्द गरौं । मन्दिरमा भजन बजाऔं , शान्तिको गीत गाँऔ । पवित्र कुरा गरौं । महायज्ञ गरौं , पुराण लगाऔं । मानिसहरू भेला भएर शान्तिको कुरा गरौं । भगवानलाई मान्छेको पेवा बनाउने कुराबाट माथी उठौ । संसारमा मैत्रीभाव कायम गरौं ।
बलिप्रथाको विरुद्ध सधैं बोलौ । देविहरुलाइ बलिबाट मुक्त गरौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय