अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ आश्विन ११, सोमबार ०१:३५ बजे

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा चेन्नई सुपर किङ्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ । आबुधाबीमा आइतबार भएको खेलमा चेन्नईले कोलकत्तालाई २ विकेटले हराएको हो।

कोलकत्ताले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा फाप डु प्लेसिसले ४३, रुतुराज गायकवाडले ४० तथा मोइन अलिले ३२ र रविन्द्र जडेजाले २२ रन बनाए । कोलकत्ताका सुनिल नारिनेले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । कोलकत्ताका राहुल त्रिपाठीले ४५ , नितिस रानाले ३७  र  दिनेश कार्तिकले २६ रन बनाए l चेन्नईका शार्दुल ठाकुर र जोश हाजलउडले २/२ विकेट लिए ।

यस जितसँगै चेन्नई शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले १० खेलमा १६ अंक जोडेको छ । कोलकत्ता ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय