अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७८ आश्विन ११, सोमबार १६:४७ बजे

जनकपुरधाम, ११ असोज। प्रदेश २ की एक सांसदले स्वकीय सचिव समेत रहेका आफ्ना पतिले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालयलाई निवेदन लेखेकी छन् ।

प्रदेश सांसद प्रमिला यादवले स्वकीय सचिव समेत रहेका पति अशोक यादव चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाहा गरिदिन सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी हुन् । प्रमिला नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् ।

अशोक चढ्ने मोटरसाइकलको २०७८ सालको कर छुट गरिदिन सांसद प्रमिलाले आफ्नै लेटरप्याडमा निवेदन लेखेकी हुन् ।

उक्त निवेदन लिएर सोमबार अशोक यातायात कार्यालय लहान पुगेका थिए । तर, कार्यालयले कर छुट गर्न नमिल्ने प्रतिक्रिया दिएको छ । कार्यालय प्रमुख मीन भट्टराईले अर्थमन्त्री आए पनि कर छुट गर्न नसकिने बताए । ‘कसैको यातायातको कर छुटका लागि सरकारको मन्त्रीस्तरकै निर्णय हुनुपर्छ,’ भट्टराईले भने, ‘मैले पनि उहाँलाई यो कुरा भनेर पठाएँ ।’

कार्यालयले सांसदको पत्रमा कर छुट नगरेपछि अशोकले करबापतको रकम तिरेको भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय