वीरगंज, १५ असोज । वीरगञ्ज म.न.पा.वडा नं.२५ सिर्सिया छोटी भन्सार अगाडिबाट
बाट स्रोत नखुलेको नगद १५ लाख ५० हजार रुपैयाँ नेपाली सहित ३ जनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत जिल्ला पुर्वी चम्पारण थाना कंगेली-१ बसतपुर घर भएका २५ वर्षीय बिक्रम पटेल , भारतको जिल्ला मोतिहारी थाना पलनवा भेलाही घर भएका २९ बर्षीय मुकेश पटेल र पर्सा जिल्लाको धोविनी गा.पा.वडा नं.३ हरिहरपुर घर भएका २३ बर्षीय बलिराम पटेल रहेका छन् ।
छप्कैया-सिर्सिया नाका हुँदै हुण्डी कारोबार हुँदैगरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा
बाट खटिएको प्रहरी टोलीले भारतबाट आउदै गरेको ना.६० प. ५९९८ नम्बरको सिडी डिलक्स मोटरसाईकल , ना.४१ प. १०४८ नम्बरको सिडी डिलक्स मोटरसाईकल र ना.६४ प. ८३५९ नम्बरको सुपर स्पेलेन्डर मोटरसाईकल गरी ३ वटै मोटरसाईकल रोकी तलासी गर्दा निजहरूले लुकाइछिपाई ल्याएको हेल्मेटभित्र बाट उक्त नगद फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त रकम बरामद गरी मो.सा.सहित निजहरूलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपि ओम प्रकाश खना
लले बताउनु भयो ।