गण्डकबाट भन्सार छलीको खुद्रा सामान सहित ट्रक नियन्त्रणमा



वीरगंज, १५ असोज । पर्सा प्रहरीले राजस्व छलीको मेडिकल सामाग्री लगायत अन्य किराना सामानहरु बोकेको एउटा मालबाहक  ट्रक नियन्त्रणमा लिएको छ ।

पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नः १४ स्थित गण्डक चोकबाट बागमती प्रदेश ०३-००१ ख. ०३३० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

भन्सार छली वीरगंजबाट मकवानपुरतर्फ लाँदैगरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी  कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ट्रक रोकी चेक जाँच गर्ने क्रममा ट्रकका चालक भागी फरार भएको हुँदा उक्त ट्रकलाई मालसमान सहित वेवारिसे अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

समान तथा ट्रकको रू. ३० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि शुक्रवार सामानसहितको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपि ओम प्रकाश खनालले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज