अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७८ आश्विन १८, सोमबार ०३:५३ बजे

फर्निचर पसलमा काम गर्दाको क्षण भनें उनी कहिल्यै बिर्सन सक्दैनन् । दोलखाबाट काठमाडौं आएका उनको सहारा त्यतिबेला केही पनि थिएन । केही गरौं भन्ने सोचले काठमाडौं आए । सुरुका दिन सम्झिँदा उनलाई अझै पनि पीडा छ ।
‘वास्तवमा ती दिन नसम्झौं भन्छु तर बाध्यता छ, त्यतिबेला मबाहेक मेरो कोही थिएन, फर्निचर पसलमा काम गर्दा महिनाको १९ सय रुपिँया पाउँथे’ उनी भन्छन् ‘ त्यतिबेला दुःख गरेकामा पनि म खुशी छु किनभने त्यही संघर्षले आज म हरेक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको छु ।’ दोलखाको च्यामा गाउँ विकास समिति वडा नम्बर ६ मा २०४६ साल असार २३ गते जन्मिएका विष्णु पोखरेलको परिचय अहिले एउटै क्षेत्रमा मात्र छैन । उनी राजनीतिमा पनि सक्रिए छन् । एमालेका विभिन्न ठाउँमा बसेर काम गरेका उनले राजनीतिक यात्राबाट मानिसलाई अन्य क्षेत्रमा लाग्न पनि सजिलो हुने बुझेका छन् । उनी अहिले शिक्षासेवी, समाजसेवी, व्यावसायीका रुपमा स्थापित हुँदैछन् । सानै उमेरमा सबै क्षेत्रमा गरेको प्रगति देखेर उनका शुभचिन्तकहरु खुशी छन् भने उनको प्रगतिमा रिस गर्नेको संख्या पनि कम छैन । सरल र शान्त स्वभावका उनी सबैलाई सम्मान गर्ने गर्छन् । कसैलाई पनि नराम्रो नभनौं र अरुको कुभलो नचिताउँ भन्ने सोच नै उनको जीवनको महत्वपूर्ण र राम्रो पक्षको रुपमा अघि बढेको छ । बुबा दुर्गाप्रसाद र आमा लक्ष्मीदेबीको कान्छो छोराको रुपमा उनको जन्म भएको हो । ४ जना दाजुभाइमध्येका कान्छा उनका दुई दिदी छन् । सामान्य परिवारमा जन्मेका उनी जीवनलाई संघर्षका रुपमा बुझ्ने गर्छन् । महेन्द्र प्रावि च्यामामा प्राथमिक तह पढेका विष्णुले जिल्लाकै कालिका मावि हावामा माध्यमिक तह पढे । उनलाई काठमाडौं आएको मिति समेत कण्ठै छ । उनी २०६३ साल जेष्ठ २९ गते काठमाडौं पसेका हुन् । उनले कोटेश्वर बहुमुखी क्याम्पसमा पढ्ने सोच बनाए । सानैदेखि राजनीतिक चेत भएका उनले कम्युनिष्टको राजनीति सुरु गरे । २०६३ सालमा अनेरास्ववियुको क्याम्पस कमिटीमा बसे, कार्यवाहक अध्यक्ष समेत भए त्यही क्याम्पसमा । उनी २०६९ देखि ७१ सम्म दोलखा–काठमाडौं सम्पर्क कमिटी अध्यक्ष भए । एमालेको युवा संघको केन्द्रीय निर्वाचन आयोगको सदस्य हुँदै केन्द्रीय कमिटी सचिवालय सदस्य बन्न पुगे । २०६५ सालदेखि नै २ वर्षसम्म एमालेको प्राकृतिक स्रोत व्यवस्थापन विभागको कार्यालयमा रहेर काम गरे । विभिन्न ठाउँमा रहेर काम गरेको अनुभवले उनलाई खार्दै लग्यो भने यो बीचमा धेरै राजनीतिकर्मीसँग संगत भएपछि आफूलाई थप सशक्त बनाउँदै लगे । उनी कोटेश्वरको सरस्वती माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षसमेत भइसकेका छन् ।
२०६९ साल असार २७ गते काठमाडौंको पेप्सीकोला निवासि सरस्वती घिमिरेसँग विवाह गरेका उनले जीवनलाई थप उत्साहका साथै संघर्षपूर्ण नै बनाए । उनका ४ वर्षका छोरा छन् जसकाे नाम सविसन हाे । उनको परिवार पुरोहित कर्ममा लागेको हो तर उनले त्यतातिर ध्यानै दिएनन् । ४ जना बुबाहरुका ६ छोराहरु धेरै जसाे पुरोहित पेसामा नै अाबद्द भए भने । उनले आफूलाई किन त्यतातिर लगाएनन वा लगाएको भए के हुन्थ्यो र के हुँदैनथ्यो भन्ने कुरा सोचेका पनि छैनन् । जे आइपर्छ त्यही गर्दै जाने हो तर बसैलाई पनि अहित हुने काम गर्नु हुँदैन भन्ने उनको मान्यता छ । २०७२ सालबाट हालसम्म पार्टीको केन्द्रीय स्कुल विभागको कार्यालयको जिम्मेवारीमा छन् उनी । उनी युवा संघको सचिवालय सदस्य समेत हुन् । राजनीति गर्न केही व्यावसाय पनि गर्नुपर्छ र त्यसबाट आएको आम्दानी समाजसेवामा र राजनीतिमा लाउनुपर्छ भन्ने बुझेका उनले २०६४ सालमा दुइवटा ट्रयाक्टर किने र आम्दानीको बाटो बनाए । उनले सफा टेम्पो पनि किने । पत्रकारितामा पनि संलग्न रहेका उनी केही रेडियोमा स्टेशन म्यानेजर भए । सबै क्षेत्रमा हात हाल्न गाह्रो भए पनि उनलाई त्यसलाई व्यवहारमा सजिलै ढाले । मिहनेत, इमान्दारिता र संघर्षले नै मानिसलाई लक्ष्यमा पुर्यायाउँछ भन्ने बुझेका उनले जस्तोसुकै संकट आउँदा पनि कहिल्यै र कहीँ हार खाएनन्, जसको परिणामस्वरुप नै उनी आज एक कुशल राजनीतिकर्मी मात्र नभएर समाजमा देखाउन लायक उदाहरण बनेका छन् । उनले शिक्षामा पनि आफूलाई संलग्न गराएका छन् । कहिले मन्टेश्वरी खोले त कहिले स्कुलमा लगानी पनि गरे । डेन्टल अस्पताल पनि खोले र सबै क्षेत्रको ज्ञान हासिल गरे । व्यावसायमा घाटा र नाफाको विषयलाई कहिल्यै प्राथमिकतामा राखेनन् । कुनै दिन सफल भइन्छ भन्ने सोचेका उनी अन्ततः सफल नै प्रमाणित भएका छन् । उनले सहकारी पनि चलाए । सानैदेखि समाजसेवामा रुची राख्ने उनले अप्ठेरो परेका सबैलाई सहयोग गरिरहे, कहिले आर्थिक सहयोग गर्ने त कहिले भनसुन गरेरै भए पनि सहयाेग गर्ने उनको दैनिकी नै बनिसकेको छ । ‘कसैलाई पनि असहज भयो र दुःख पाएको छ भन्ने सुनें भनें मनमा नरमाइलो लाग्छ र जे सक्छु त्यही गर्छु’ उनी भन्छन् ‘ मानिसहरु गफ गर्न त धेरै जान्दछन् तर जनताको वा पीडितको मन छुने गरी काम गर्ने मान्छे थोरैमात्र भेटिन्छन् ।’ उनले केही पाइएला र कसैले आफूलाई सम्मान गर्ला भनेर पनि यस्तो काम गरेका होइनन् । शिक्षाबाट बञ्चित भएका बालबालिकालाई पढ्ने वातावरण पनि उनले मिलाइदिएका छन् । अस्पतालमा उपचारको अभाव भएकालाई अाफुले सक्दो सहयोग गर्ने र तत्कालको खाँचो टार्ने काममा पनि उनी पछि परेका छैनन् ।
उनले राजनीति यात्रासँगै सामाजिक रुपमा आफ्नो पहिचान स्थापित गर्ने योजना रहेको सुनाए । युवा पुस्ताको लागि श्रम र सीपको सम्मान हुने गरी काम गर्ने उनको सोच छ । युवालाई स्वरोजगार बनाउनुपर्छ र उनीहरुको सीपको कदर गर्दै सामाजिक क्षेत्रमा योगदान दिन सक्ने नागरिक सिर्जना गर्नुपर्ने उनको तर्क छ । उनले फ्युचर होप बाल आश्रम, मानव सेवा अाश्रम लगायतलाई सकेकाे रासन तथा आर्थिक सहयोग पनि गर्ने गरेका छन् । उनी लाइन्स कल्बमा पनि आबद्ध छन् । यति धेरै संस्थामा रहँदा कसरी समय व्यवस्थापन गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने ‘सबैतिर म पुग्नुपर्छ भन्ने छैन, सिस्टमले काम गर्ने हो । म जुन क्षेत्रमा लागेको छु।। म जुन क्षेत्रमा लागेको छु अहिलेसम्म हार खाएर पछि फर्कनुपरेको छैन ।’ ब्राजिल, रसिया, दक्षिण अफ्रिकालगायतका देश घुमेर त्यहाँको हरेक गतिविधिको बारेमा बुझेका उनले नेपाललाई पनि सवल र सक्षम बनाउन सकिन्छ भन्ने दृष्टिकोण अघि सारेका छन् । उनले सबैबीच एकता हुने हो नेपालमा प्रशस्तै सम्भावना भएको देखेका छन् । र भन्छन असम्भव भन्ने कुरा केही पनि छैन तर ईच्छाशक्ति, ईमानदारीता र सकृयता मानव जिवनकाे सफलताकाे मार्गदर्शक हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय