अपडेट 
आफ्नै काकीलाई लिएर भतिजो फरार, काका बेहाल ! | बाराका डिएसपी न्यौपानेको कार्वाही स्वरुप काज सरुवा | तस्करीका ‘बादशाह’ किशोर र मुना जैसवालको धनुषाबाट तस्करी ! | भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु |
२०७८ आश्विन १९, मंगलवार १५:२४ बजे

वीरगन्ज (पर्सा), १९ असोज । वीरगन्ज बसपार्क स्थित लक्ष्मी मोटर्स प्रा.लि. र एन.आई.सि. एसिया लघुवित्तबीच तीन चक्के टेम्पोको फाइनान्स गर्ने सहमति भएको छ ।

मध्यम वर्गका व्यक्तिहरुले आफ्नो टेम्पो व्यावसाय संचालन गर्नका लागि क्रेताहरुको सहयोग पुग्ने उद्देश्यले एन.आई.सि. एसिया लघुवित्तसँग टेम्पो फाइनान्स गर्ने सहमति गरेको हो ।

जे.एस.ए. अटो प्राइभेट लिमिटेडको आधिकारिक विक्रेता वीरगन्ज बसपार्क स्थित श्री लक्ष्मी मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक अरुण कुशवाहा र एन.आई.सि. एसिया लघुवित्त सँस्था लालबन्दीका उप निर्देशक ढाल प्रसाद तिमिल्सिनाबीच अटो टेम्पोको फाइनान्स गर्ने लिखित सहमति भएको हो ।

लक्ष्मी मोटर्स प्रा.लि.को कार्यालयमा भएको सहमतिमा विभिन्न प्रकारको १० बुंदे सहमति भएको हो, जसमा टेम्पो किन्ने क्रेताको सुविधादेखि लघुवित्तले लगानी गर्दा अपनाउनुपर्ने सुरक्षाको विषयलाई समेटिएको छ ।
मुलुकमा अधिकाँश युवाहरु बेरोजगार रहेको अवस्थामा सानै लगानीमा आफ्नो व्यावसाय शुरु गर्न सक्ने अवस्थालाई मध्य नजर गर्दै लक्ष्मी मोटर्स प्रा.लि.ले फाइनान्सको सुविधा ल्याएको प्रबन्ध निर्देशक कुशवाहाले जानकारी दिए ।

उनका अनुसार तीन चक्के टेम्पो खरिद गर्दा एकै पटक भुक्तानी गर्न सक्ने अवस्था नरहेको पनि व्यक्तिहरु हुन्छन्, जसले आफ्नो जीविकोपार्जनका लागि व्यावसाय संचालन गर्न चाहन्छन्, तर सवारी किन्न सक्दैनन्, त्यस्ता मध्यम वर्गका व्यक्तिहरुको सहुलियतको लागि यो फाइनान्स सुविधा ल्याइएको बताए ।

यो फाइनान्सको सुबिधाले गर्दा कुनै व्यक्तिले कम्तिमा ४० प्रतिशत नगद भुक्तान गरि फाइनान्स गराएर तीन चक्के टेम्पो किन्ने सक्ने अवस्था सृजना भएको छ । सवारी किन्दा लघुवित्त र टेम्पोको अधिकृत विक्रेताबीच भएको सहमति अनुसार फाइनान्स गराउँदा क्रेताहरुले केही शर्तहरु पनि पुरा गर्नुपर्ने निर्देशक कुशवाहाले बताए । यस फाइनान्सले खास गरेर मध्यम वर्गका मजदुरहरुले लाभ लिन सक्ने उनको भनाई छ ।

साहुको टेम्पो भाडामा लिएर चलाउने चालकहरुले पनि यो सुविधाको सदुपयोग गर्दै आफ्नै टेम्पो किन्न सक्ने वातावरण सृजना भएको बताइएको छ । श्री लक्ष्मी मोटर्स प्रा.लि. जे.एस. ए. टेम्पोको नेपालको लागि आधिकारिक विक्रेता हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय