अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ आश्विन १९, मंगलवार १५:२९ बजे

प्रिन्स मिश्रा – कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकामा झाडापखाला फैलिएको छ ।कृष्णनगरको वडा नं.७,८,९ मा राति १२ बजे देखि बान्ता र झाडापखाला लाग्ने बिरामीको सङ्ख्या ह्वातै बढेको छ ।

शिवराज अस्पताल बहादुरगंजमा हिजो रातीदेखि उपचारकोलागि सयौँ बिरामीहरू आएका छन् र कृष्णनगर नगरपालिकाको बहादुरगंज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएका छन र

हामी खटेर उपचार गर्दैछौं
शिवराज अस्पतालका मेसु डॉ मुकेश चौधरीले बताए ।

झाडा पखालाका कारण दुई जनाको ज्यान गएको छ भने सयौँ बिरामी शिवराज अस्पतालमा भर्ना समेत छन् । एकैपल्ट यतिधेरै मानिस बिरामी भएपछि महामारी फैलिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय