अपडेट 
कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  |
२०७८ आश्विन २१, बिहीबार १०:५१ बजे

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
महोत्तरीको सोनमा गाउपालिकामा सहायक शिक्षकहरु प्र बिरुद्ध गापालिका कार्यालयमा डेलिगेसनमा पुगेका थिए। शैक्षिक शत्र शुरु भएलगतै पहिलो चौमासिक तलब तथा दशै खर्च माग गर्न गाउपालिका कार्यालयबाट माग गरिएको कागज हरु प्र अ हरुले समयमा नबुझाउदा प्र अ सगै सहायक शिक्षकहरु तलब भता लिन बाट बन्चित भएका छन।

बिधलयको आर्थिक कारोबार देखी लिएर कागज हरु मिलाउने सम्पुर्ण कामकाज प्र अ मा निहित हुन्छ। शिक्षा एन अनुसार कागज तयार गर्न प्र अ ले सहायक शिक्षकहरु संग सहयोग लिन सक्ने देखिएको छ तर आर्थिक कारोबार सहायक शिक्षकलाई हेर्न नदिनको लागि प्राय प्र अ हरु सम्पुर्ण कागजहरु आफै बनाउने गर्दछ। आफै बनाउदा राम्रो छ किन भने सहायक शिक्षकहरु लाइ पढाउने कममा व्यस्त हुनुपर्छ तर दशैको मुखमा आएर समयमा कागज तयार नगरेको कारन सम्पुर्ण शिक्षकहरु तलब भता खान बाट बन्चित भएका छ।

महान चाड दशैमा तलब भता नपाउने देखिए पछी सम्पुर्ण बिद्यालयका सहायक शिक्षकहरु प्र अ बिरुद्ध गाउपालिका कर्यालयमा डेलिगेसन गएका थिए। सहायक शिक्षक हरु संग कुरा गर्दै गाउपालिका प्रमुख राजकुमार यादवले भन्नू भयो कि माहालेखा परिक्षक द्वारा तयार गरिएको प्रतिबेदनमा प्रस्तुत गरिएको बेरुजु हरुबाट बच्न सम्पुर्ण कागजहरु समयमा बुझाउनु पर्छ त्यसको लागि सहायक शिक्षकहरुले प्र अ माथी दबाब दिइ कागज पेस गर्नु पर्छ।

डेलीगेसन पछी गाउपालिका प्रमुख र शिक्षा संयोजक साकारात्मक देखिएको छ। सहायक शिक्षकहरुको समस्या सामाधान गर्न कागज बुझाउन तीन दिनको समय सिमाराखी कागज नबुझाउने प्र अ हरुलाइ पत्र काटिएको छ। समयमा कागज नबुझाउने प्र अ को तलब भता रोकी बाकी सबै सहायक शिक्षक, बालबिकास कार्यकर्ता र कार्यालय सहयोगीहरुको तलब पठाउने छ।

आफू प्र अ को मातहतमा काम गर्ने सहायक शिक्षक, मेरो काम पढाउने हो, म पढाइ बाहेक अरु काम गरेको छु भने मेरो तलब भता रोक्नु, त्यसो छैन भने हामिले पढाएको दिनको तलब कुनै पनि हालतमा हामिलाइ दिनु पर्यो, कागज तयार गर्ने काम प्र अ को हो, कागज नबुझाएमा प्र अ को तलब रोक्नु, बिद्यालयले पाउनु पर्ने अनुदान रोक्नु वा प्र अ लाई कार्यबायी गर्नु, तर गल्ती कसैको र सजाय सहायक शिक्षकले पाउनु पर्ने नियम कानुनलाइ परिवर्तन गर्नु पर्छ भने कुरा सहायक शिक्षक संघर्ष समितीका संयोजक कैलाश यादबले आफ्नो भनाइ राखेका थिए

उता गाउपालिका कार्यालयले माग गरे अनुसारको कागज नबुझाउने प्र अ हरुको तलब भता रोकि अन्य शिक्षकहरुको तलब भता पठाउनु पर्ने कुरा जनता मा बी सुन्दरपुरका प्र अ लालबाबु यादवले संघर्ष समितीलाइ एके बद्धता जनाएका थिए।

कार्यक्रममा सहायक शिक्षक संघर्ष समितीका तर्फबाट शिक्षक रमेश यादव, धर्मेन्द्र कुमार यादव, राम पृत ठाकुर, पवन यादव, सबित्री यादव, संगिता यादव, कृतिका यादव, बिजय मण्डल, नागेसर यादव, गगन यादव लगायत सहायक शिक्षक, बालबिकास कार्यकर्ता, कार्यालय सहयोगीहरु सहभागी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय