सडक डिभिजन कार्यालय जनकपुरमा अब्यबस्थित रुपमा करार र ज्यालादारी कर्मचारी भर्ना अधिकांस दलका कार्यकर्ता



जनकपुरधाम – निजामति सेवा ऐन, २०४९ को दफा ७ ग मा कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने व्यवस्था छ । तर सडक डिभिजन जनकपुरले कर्मचारी को श्रीमती छोरा छोरी लाइ कार्यालयमा कमै नगरी बर्षौ देखि मास्टर रोल मार्फत तलब खुवाएको रहस्य खुलेको छ।

त्यसविपरित नियुक्ति गरिए ती व्यक्तिले बुझेको तलब, भत्ता र अन्य सुविधाबापतको रकम नियुक्ति गर्ने पदाधिकारीबाट असुलउपर गर्ने व्यवस्था ऐनमा छ । तर, ऐन व्यवस्था को दुरुपयोग गर्दै जनकपुर मुजेलिया स्थित सडक डिभिजन कार्यालमा अब्यबस्थित तबरले
आवशयक नै नभएको कामका लागि आफन्त र निकट व्यक्ति तथा दलका कार्यकर्ता भर्ती गर्ने प्रवृत्तिले संस्थान करार र ज्यालादारी कर्मचारीले भरिएका छन् ।

कायम दरबन्दी पूर्ति गर्नुको साटो धमाधम करारमा भर्ती गरिन थालेपछि संस्थान पनि धराशायी बन्दै गएका छन् ।

अर्थ मन्त्रालयले गत जेठमा सार्वजनिक गरेको संस्थानहरुको वार्षिक स्थिति समीक्षा, २०७८ मा देशका ४० सार्वजनिक संस्थानमा चार हजार ६६ करार र ज्यालादारका कर्मचारी छन् ।

अधिकांश कुनै न कुनै दलका कार्यकर्ता रहेको र नेता तथा पदाधिकारीको सिफारिसमा भर्ती भएक छन् । यसरी कर्मचारी राखेका अधिकांश संस्थान घाटामा चलिरहेका छन् ।

कर्मचारी भर्नाको विकृति रोक्न संविधानमै व्यवस्था गरेर संगठित संस्थामा पनि लोकसेवाले नै स्थायी पदपूर्ति गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, कर्मचारीबाटै हुने कामका लागि संस्थानहरुले सयौं कर्मचारी करार र ज्यालादारीम भर्ती गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज