अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७८ आश्विन २२, शुक्रबार १४:३३ बजे

वीरगंज । पर्सा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई जनता समाजवादी पार्टी ९जसपा०ले मन्त्री नबनाएको आक्रोशमा वीरगंजमा प्रदर्शन भएको छ ।

सांसद यादवका समर्थकहरुले वीरगंजको घण्टाघरमा जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले पर्सा जिल्लालाई घात गर्न पाइदैन् , उपेन्द्र यादव मुर्दाबाद, काला नाग मुर्दाबाद, जसपाका शान प्रदिप यादव जिन्दावाद, नेता कस्तो रु प्रदिप यादव जस्तो लगायतका चक्रो नारा लगाएका थिए ।

कुन्दन कुमार सिंहको नैतृत्वमा भएको प्रदर्शनमा जसपाका वीरगंज महानगरका उपाध्यक्ष शेख रुस्तम, समाजवादी युवा संघका वीरगंज महानगर अध्यक्ष सद्दाम हुसैन, हरिन्द्र साह, अंशु साह कानू, समाजवादी विद्यार्थी यूनियन पर्साका अध्यक्ष एजाज बाबु रांकि, मनोज यादव लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय