महोत्तरीको मटिहानी नगरपालिका वडाध्यक्ष घूस सहित पक्राउ



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको मटिहानी नगरपालिका ५ नं वडा कार्यालयका वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर अव्दुल राईनलाई घूस रकमसहित पक्राउ गरेको छ ।

उनीहरुले जन्म दर्ताको सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुसरि माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट दश हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका सहप्रवक्ता वेदप्रसाद भण्डारीले बताए । पर्दाफास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज