काठमाण्डौ, २५ असोज l पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा उनकै दल जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन्।
जसपा) ले मन्त्री नबनाएको आक्रोशमा जसपाको केन्द्रीय कार्यालय बालकुमारी काठमाण्डौमा आगो बाली प्रदर्शन गरेर उपेन्द्र यादवको पुतला जलाएका हुन् । सांसद प्रदीप यादवका समर्थकहरुले पार्टीको केन्द्रिय कार्यालय काठमाडौं घेराउ गरी तालासमेत लगाएका छन् ।
केही दिन पहिला २ दिनसम्म वीरगंजको विभिन्न ठाउँमा मोटरसाईकल ¥याली सहित प्रदर्शन गरेका प्रदर्शनकारीहरु पार्टी कार्यालय काठमाडौंमै पुगी उपेन्द्र यादव मुर्दाबाद, पर्सा जिल्लालाई घात गर्न पाइदैन् काला नाग मुर्दाबाद, जसपाका शान प्रदिप यादव जिन्दावाद, उपेन्द्र यादवलाई पर्सा जिल्ला निषेध, हाम्रो नेता कस्तो ? प्रदिप यादव जस्तो ! लगायतका चर्को नारा लगाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएका हुन् ।
जसपाका कुन्दन कुमार सिंहको नेतृत्वमा भएको प्रदर्शनमा समाजवादी विद्यार्थी यूनियन पर्साका अध्यक्ष एजाज बाबु रांकि, जसपा वीरगंज महानगरका उपाध्यक्ष शेख रुस्तम, समाजवादी युवा संघका वीरगंज महानगर अध्यक्ष सद्दाम हुसैन, हरिन्द्र साह, अंशु साह कानू, , मनोज यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
‘मधेश आन्दोलनको उद्गम स्थल र बिगुल फुक्ने वीरगन्जलाई नजर अन्दाज र किनारा गरिएको छ, वीरगन्ज आज फेरि ठगिएको छ, यसले पर्सेली जनता दुखित र आक्रोशित भएका छन्। जसपा पर्साका कार्यकर्ताहर आक्रोसित हुँदै अब पर्सा जिल्लामा उपेन्द्र यादवको प्रवेश निषेध समेत गरेका छन् ।