२०७८ आश्विन २७, बुधबार २२:५९ बजे

वीरगंज, २७ असोज l पर्सा प्रहरीले वीरगञ्ज आइसीपी गेट नजिक रोकिराखेको भारतीय नम्बर प्लेटको ग्याँस ट्याङ्करमा १२० किलो गाँजा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइसीपी गेट नजिक रोकिराखेको एनएल ०१ के ०७५४ नम्बरको एलपी ग्याँस बोक्ने भारतीय ट्याङ्करमा गाँजा भेटिएको हो ।

प्रहरीका अनुसार  ट्याङ्करको चालक बस्ने क्याबिन भित्र सुनियोजित तरिकाले लुकाइ छिपाई राखिएको लागु औषध गाँजा  फेला परेको हो ।

प्रहरीले उल्लेखित नम्बरको ट्याङ्कर चालक तथा ट्याङ्करधनीको पहिचान गरीखोजतलास गर्ने लगायतका अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय