अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७८ कार्तिक ९, मंगलवार १७:५९ बजे

वीरगंज ,९ कार्तिक । नेकपा एमाले छिपहारमाई गाउँपालिका कमिटीको प्रथम अधिवेशन मंगलबार  सम्पन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम गाउँपालिका अधिवेशन आज कार्तिक ९ गते मंगलबार एकैपटक गर्ने कार्यतालिका अनुसार पर्साको छिपहरमाई गाउँपालिका सहित पर्सा जिल्लाका ११ वटा पालिकामा अधिवेशन सम्पन भइसकेको र बाकी रहेका धोविनी गाउँपालिका बुधबार तथा कालिकामाई गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकामा बिहीबार हुने नेकपा एमाले पर्साले जनाएको छ । जिल्लाका ११ वटा पालिकामा एकैसाथ अधिवेशन भएको हो । सोहि अनुरुप छिपहरमाईमा पनि अधिवेशन सम्पन भएको छ ।

नेकपा एमाले गाउँपालिका कमिटीका अध्यक्ष पह्लाद गुप्ताको अध्यक्षता एवं नेकपा एमाले पर्साका जिल्ला कमिटी सचिव मनोज गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले पह्लाद गुप्ताको अध्यक्षतामा ७५ सदस्यिय गाउँपालिका कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ । जुन कमिटीको उपाध्यक्षमा किशोरी साह कानु र कमल दास तत्वा, सचिवमा मकबुलमियाँ गद्दी, सहसचिवमा ब्रहम्देव यादव, चयन भएका  छन । आज बनेको नया कमिटीमा ५० जना पुरुष र २५ जना महिला रहेका छन ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि रहेका छिपहरमाई गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला कमिटीका सचिव मनोज गुप्ताले बधाइ दिएका थिए   । कार्यक्रममा प्रदेश कमिटी सदस्य हरेन्द्र हजारा, वडा अध्यक्ष राजबली राउत अहिर, महेन्द्र साह कलवार, मौजीलाल साह, विनोद साह कानु, ज्ञान बहादुर साह, सम्सूल मियाँ, लगायतको  सहभागीता रहेको थियो। कार्यक्रमको सहजीकरण सुबास साहले गरेका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय