२०७८ कार्तिक १०, बुधबार १३:१० बजे

काठमाडौं । नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का नव निर्वाचित इकाइ,नगर पदाधिकारीहरुलाई बधाई तथा शुभकामनाका साथै आउदै गरेको दिपावालीको शुभकामना साटासाट कार्यक्रम सम्पन्न भएको छ।आज कात्तिक १० गते गोकर्णेश्वरको ओसिस पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा पुर्ब मन्त्री अम्बिका बस्नेत,महासमिति सदस्य बिमल ठकुरी,दिपेन्द्र लामा लगायतले आ आफ्नो धारणा राखेका थिए। अनौपचारिक रुपमा भएको उक्त कार्यक्रममा बोल्दै महासमिति सदस्य बिमल ठकुरीले सबै नेपालीहरुमा दिपावाली, छठ, नेपाल सम्बदको शुभकामना दिदै  आफुले प्रदेश ख बाट पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरे।यस क्षेत्रका जनता सङ्ग रगतको सम्बन्ध नरहे पनि भावनात्मक सम्बन्ध रहेको बताउदै  ठकुरीले आफ्ना क्षेत्रका जनताको लागि सधै आफू सहयोग गर्न तयार रहेको समेत बताए। त्यस्तै अर्का बक्ता दिपेन्द्र लामाले अबको क्षेत्रीय चुनाबमा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने बताए।कार्यक्रममा बोल्दै पुर्ब मन्त्री अम्बिका बस्नेतले काङ्ग्रेसका कार्यकर्ताहरुमा प्रशिक्षणको कमि रहेको बताइन् ।पछिल्लो समय पार्टीमा ब्यक्तिबादी हाबी भएको बताउदै पार्टी बलियो बनाउन नेताहरूले   गुठबन्दी नगर्न समेत बस्नेतले आग्रह गरिन् । उक्त शुभकामना कार्यक्रममा सयौंको सङ्ख्यामा नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो। कार्यक्रमको संचालन गोकर्णेश्वर नगरपालिका -८ का वडा अध्यक्ष तथा निबर्तमान इकाइ सभापति मनोज ढुंगानाले गरेका थिए भने उक्त कार्यक्रम महासमिती सदस्य बिमल ठकुरीले आयोजना गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय