अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ कार्तिक १३, शनिबार ०१:३३ बजे

कपिलवस्तु : अण्डा प्रवर्धन अभियानमा जिल्ला अण्डा व्यापारी तथा अण्डा उत्पादकहरुलाई सहभागी गराउने उद्देश्यका साथ अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तु र यू. एस. ए.आइ.डी.को सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र द्धारा संचालित सुआहारा दोस्रो कार्यक्रमको संयुक्त आयोजनमा संचालित सो कार्यक्रममा कपिलवस्तु जिल्लाको १० वटै पालिकाका कुखुरा पालक कृषकहरु तथा सरोकारवालाहरु सहभागी भएका थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र का प्रमुख डा. उत्तम आचार्यको अध्यक्षता मा संचालित उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल प्रमुख अतिथि र कालिका स्वावलम्बन सामाजिक केन्द्र का अध्यक्ष अंजु शर्मा विशिष्ट अतिथिको रुपमा रहेका थिए भने फिल्ड संयोजक कमला सापकोटाले कार्यक्रम संचालनमा गरेका थिए ।

जिल्ला भेटनरी अस्पतालवाट यस वर्ष संचालन हुने क्रियाकलापहरु, अण्डा को महत्व, उत्पादन तथा उपभोगको अवस्था, अण्डा सम्बन्धी नीति, राष्ट्रीय तथा अन्तराष्ट्रीय मापदण्ड लगायत ढुवानी, ग्रेडिङ्ग, प्याकेजिंग, भण्डारण जस्ता प्राविधिक विषयहरुको बारेमा प्रमुख डा.आचार्यले प्रस्तुतीकरण गर्नुभएको थियो भने सोही कार्यलयका डा. गणेश पुनले कुखुराको अण्डामा पाइने बिभिन्न पोषण तत्वहरु र मानव पोषणमा अण्डा र कुखुराको मासुको महत्वको बारेमा तुल्नात्मकरुपमा प्रस्तुतीकरण गर्नुभएको थियो । सुआहारा कार्यक्रमको परिचय, पोषण को वर्तमान अवस्था, हजार दिनमा अण्डाको महत्व को साथै अण्डा प्रवर्धनका लागि मेरो शक्ति अभियान वारे जानकारी गराई सो अभियानमा निजी क्षेत्रहरुको सहभागिताको बारेमा सुआहारा प्रदेश कृषि संयोजक अर्जुन श्रेष्ठले प्रस्तुतीकरण गर्नुभएको थियो ।

सो कार्यक्रममा सुआहारा केन्द्रिय कार्यलयका बरिष्ठ बहुक्षेत्रिय सुशासन संयोजक सुनिल खतिवडा, जिल्ला समन्वय समिति प्रमुख नारायण खनाल लगाएतले मन्तब्य राख्नुभएको थियो भने जिल्लाका कुखुरापालक कृषकहरुको संजाल पनि गठन गरिएको कुरा सुआहारा प्रदेश संयोजक भरत शर्माले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय