अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ कार्तिक १६, मंगलवार ०२:३४ बजे

काठमाडौं । उपन्यासकार दिपा न्यौपानेको उपन्यास ” शशीकला” को यहि कार्तिक १५ गते एक कार्यक्रम बिच लोकार्पण  गरिएको छ। राजधानीको प्रज्ञा भवन कमलादीमा भएको लोकार्पण  कार्यक्रममा प्रमुख अतिथी प्राध्यापक डा.गार्गी शर्मा लगायत अतिथिहरुमा डा.कौशिला रिसाल ,केदार पनेरू ,रसुवाली कवि,बौद्द गुरु सुर्य बज्रयाना ,रत्नप्रसाद अनमणी श्रेष्ठ, बागमती प्रदेश सदस्य प्रेम लामा,डा. सत्यराज थपलिया,फिल्म निर्देशक घनश्याम तिमिल्सिना एन्टिना लगायत थुप्रै श्रष्टाहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै उक्त उपन्यासको भाषा सम्पादक समेत रहेकी डा. कौशिला रिसालले सानै उमेरकी दिपाले लेखेको उपन्यासमा मुलतः जातीय ,प्रेम प्रसङ्गलाई कोट्याउन खोजिएको बताइन् ।डा. रिसालले शशीकला उपन्यास सामाजिक कथाबस्तुमा रहेको भन्दै उपन्यासकार दिपा न्यौपानेको सफलताको कामना समेत गरे।अर्का बक्ता रसुवाली कबिले उपन्यासले बजारको सिन्डिकेट तोड्ने बताउदै दिपा न्यौपाने एक उदाहरण बन्न सक्ने बताए।
उपन्यास लोकार्पण समारोहमा बोल्दै प्रमुख अतिथि प्रा.डा.गार्गी शर्माले ‘साहित्य अरुको जस्तो नभएर आफ्नै जस्तो हुनुपर्ने उल्लेख गरे।’ कार्यक्रममा बोल्दै उक्त उपन्यासकि लेखिका दिपा न्यौपानेले सबैको सल्लाह र सहयोगले शशीकला उपन्यास तयार भएको बताउदै आगामी दिनमा समेत साथ,सहयोग र हौसला दिन सबैमा आग्रह गरिन्।
कार्यक्रममा बोल्ने अधिकाङ्स बक्ताहरुले सानै उमेरकी दिपा न्यौपानेको सफलताको कामना गरेका थिए।कार्यक्रम उक्त उपन्यासका प्रकाशक दिनेश न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो। थप फोटोहरु-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय