अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ कार्तिक २३, मंगलवार १६:२२ बजे

बिरगन्ज एक्सप्रेस डेस्क,
महोत्तरीको मनराशिसवा नगरपालिका वडा न. ६ सरपल्लोमा हनुमान मन्दिरकाे समउदघाटन लोसपा नेपालको वरिष्ठ नेता एवं पुर्व रक्षामन्त्री शरत सिंह भण्डारीले गरेका छन् ।   मंगलवार महावली हनुमानको जन्मवारको अवसर पारी एक विशेष समारोहवीच हनुमान मन्दिरमा हनुमानको मुर्ति स्थापना गरि प्राण प्रतिष्ठानका साथ समुदघाटन गरिएको हो । मन्दिरमा मुर्ति स्थापनाका लागि स्थानीय सरपल्लो निवासी लालवाबु सिंहले आर्थिक धनराशि उपलब्ध गराएको थियो । साथै मन्दिर निर्माणमा स्थानीय जनसमुदायवाट करिब १५ लाखभन्दा बढी रकम चन्दा स्वरुप संकलन गरिएको थियो ।

लोसपाका स्थानीय नेता बिनोद गामीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथि शरत सिंह भण्डारी सहित प्रतिनिधि सभा सदस्य निर्जला राउत, प्रदेश सांसद जयनुल राइन, अभिराम शर्मा, जानकी शरण साह, रानी शर्मा तिवारी, मनराशिसवा नगरपालिकाका मेयर संजय कुमार सिंह, उपमेयर रमिता प्रधान, नेकपा एमाले नेता राजेन्द्र साह, सरोज यादव, ज्ञानेन्द्र झा, स्थानीय सर्वसाधारण आदिको उपस्थित रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय