रौतहट प्रहरीको ठूलो सफलता प्रसनि बाडाबाबु यादवले समाते १८६ किलो गाजा



रौतहट,२६ कात्तिक । रौतहटको गौर बसपार्क अस्थाई प्रहरी पोस्ट बाट प्रहरी सहायक निरिक्षक बडाबाबु यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।

गौर नगरपालिका वडा  ४ मा रहेको सिवाङ्गी पेट्रोल पम्प अगाडि रोकि राखेको ट्रकबाट प्रहरी टोलिले  १ सय ८६ किलो गाँजा बरामद गरेको हो । ना ६ ख ५९४३ नम्बरको मिनी ट्रकबाट १२ पोकामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमरियाले बताए ।

ट्रकको चेसिस भित्र गाँजा लुकाएर ल्याएको अवस्था मा विशेष सुचनाको आधारमा  बरामद गरेको हो । लागुऔषध सहित मकवानपुर थाहा नगरपालिकाका सुरेन्द्र गोले र ऋतम तामाङ्गलाई नियन्त्रणमा लिएको डिएसपी चिमरियाले बताए ।

बरामद भएको सो गाँजा उनीहरुले भारततर्फ लग्न खोजेको अवस्थामा प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर