काठमाडौं । / छोटेा समयमा नै चर्चामा रहेको विभिन्न थारु फिल्म र मैथली भिडियोहरुमा मुख्य पात्रको रुपमा अभिनय गरेर चर्चामा आएका स्थानीय कलाकार नविन चौधरी अहिले अस्पतालको सैयामा जीवन मृत्युसंग संघर्ष गरिरहेका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ लक्षणपट्टीका ३२ वर्षिय चौधरी करिव डेडवर्ष अघिदेखि विरामीका कारण जीवन र मृत्युसंग लडिरहेको छ ।
धरान, बिराटनगरको विभिन्न अस्पताल हुँदै अहिले उनको थप उपचार काठमाडौमा हुँदै छ ।
कहिले डेङ्गु , कहिले क्यान्सर, कहिले किड्नीको समस्या, सुगर लगायतका बिभिन्न रोगबाट ग्रसित कलाकार चौधरी अहिले कान समेत सुन्न नसक्ने अबस्थामा पुगेको छ । डेड वर्षको अवधिमा छोराको उपचारमा करिब ४५ लाख खर्च भइसकेको कलाकार नवीन चौधरी कि आमा बिशवरी कुमारी चौधरीले बताइन।
कलाकार चौधरीले दर्जनौ थारु फिल्म र मैथली म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् ।
समाद एफएम लहानबाट आफ्नो करियरको सुरुवात गरेको कलाकार चौधरीले सैया भ्याल जमैया, दिलके टुक्रा , नथिया टुटल सैया खटिया पर, स्पृङ्ग सेट छौ, लगायतका गित र फिल्महरुमा मुख्य पात्र ( नायक) को रुपमा अभिनय गरिसकेका छन् ।
छोरोको उपचार गर्दा गर्दौ परिवारिक अवस्था अती दयनीय भएकोले , सम्पुर्ण कलाकारहरु, बुद्धिजीवी , सामाजिक अभियन्ता, समाजसेवी , संघ संस्था , देश , विदेशका प्रवासी मनकारी मनहरुलाई कलाकार नवीन चौधरी बचाउ अभियानमा हातेमालो गरी सहयोग गरिदिन हुन परिवारले फेसबुक सन्जाल मार्फत अनुरोध गरेका छन् ।
सहयोग गर्न इच्छुकले नविन चौधरीको आमा बिशवरी कुमारी चौधरीको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाको खाता नः–२१८०१०००३२५३७०१० मा आर्थिक सहयोग गरीदिनहुन कलाकार चौधरीको परिवारले आग्रह समेत गरेका छन ।
सहयोग गर्ने मनहरुले पैसा जम्मा गरेको भौचर कलाकार नबिन चौधरी बचाउ अभियान फेसबुक लाईक पेजको कमेन्ट बक्समा पठाई दिनहुन अनुरोध गरेका छन् ।
यसै बिछ पिडित कलाकार नवीन चौधरीलाई कतारमा रहेका बिशेश्वर प्रसाद चौधरी र घनश्याम चौधरीले आर्थिक सहयोग प्रदान गरेका छन् । कलाकार चौधरीलाई आज अस्पतालमा नै गएर सहयोगी दाता घनश्याम चौधरीले पिडित नवीन चौधरीको श्रीमतिलाई नगद बीस हजार सहयोग गरेको हो।बिगत २ महिनादेखी उपचाररत चौधरीको अहिले शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार तेज नारायण चौधरी र थरुहट थारुवान मोर्चाका महासचिव तुलसी थारुको समेत उपस्थिति रहेको थियो।सहयोग रकम पाए सगै पिडित चौधरीले आँखा भरी आँसु झार्दै मनकारी मनहरुप्रती धन्यवाद दिएका थिए।
प्रतिक्रिया!
थप खबर