२०७८ कार्तिक २९, सोमबार १५:१९ बजे

काठमाडौं, २९ कात्तिक। नेपाली कांग्रेसले उम्मेद्‍वारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।

 

कांग्रेसले नगरपालिका कार्यसमितिअन्तर्गत सभापतिका लागि चार हजार शुल्क तोकेको छ।

 

यस्तै उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । नगरपालिकामा सहसचिव लड्न चाहनेहरूले भने दुई हजार तिर्नुपर्ने छ । नगरपालिका सदस्यका लागि एक हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

 

पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

 

 कांग्रेस महानगर/उपमहानगर सभापतिको उम्मेदवारी शुल्क कति ?

 

नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।

 

कांग्रेसले महानगरपालिका र उपमहानगरपालिका अन्तर्गत सभापतिका लागि पाँच हजार शुल्क तोकेको छ।

 

यस्तै उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । नगरपालिकामा सहसचिव लड्न चाहनेहरूले भने दुई हजार तीर्नुपर्ने छ । नगरपालिका सदस्यका लागि दुई हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

 

पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

 कांग्रेस गाउँपालिका सभापतिको उम्मेदवारी शुल्क कति ?

 

नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेद्‍वारी शुल्क तोकेको हो ।

काग्रेसले गाउँपालिका कार्यसमितिअन्तर्गत सभापतिका लागि दुई हजार शुल्क तोकेको छ।

यस्तै उपसभापति, सचिव र सहसचिवका लागि एक हजार र सदस्य पदका लागि पाँच सय रकम तोकिएको छ ।

पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय