अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ मंसिर ४, शनिबार १५:१३ बजे

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । राम प्यारी देवी महाविर साह सेवा ट्रष्ट र केँडिया आँखा अस्पतालको आयोजनामा शनिबार सम्पन्न भएको निःशुल्क आँखा शिविरमा रामनगरी र फूूलकौलका २६२ जनाको आँखा परिक्षण गरिएको हो ।

जसपा पर्साका जिल्ला सदस्य पन्नालाल साहको पहलमा श्री देवनन्दन देवराज नमुना माध्यमिक विद्यालय रामनगरीमा भएको शिविरमा ९४ जनामा मोतियाबिन्दु देखिएको छ । परीक्षण गरिएका मध्ये ४५ जना महिलालाई निःशुल्क चश्मा र १५५ जनालाई औषधी दिईएको छ ।

मोतिया बिन्दुको समस्या देखिएका बिरामीहरुको जिल्ला सदस्य साहकै पहलमा केडियाँ आँखा अस्पताल वीरगंजमा मंसिर ५ र ६ गते अप्रेशन हुने जनाईएको छ ।

शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने पुगेको स्थानीयले बताएका छन् ।

नेता साहले उदघाटन् गरेको शिविरमा केडियाँ आँखा अस्पतालका नेत्र अधिकृत रासदेव साह, नेत्र अधिकृत शिवशंकर प्रसाद, नेत्र सहायक अधिकृत राकेश गिरी लगायतकाले आँखा चेकजाँच गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय