अपडेट 
मधेश प्रदेशबाट मौलायो हुण्डी कारोबार, स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय पक्राउ | दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण |
२०७८ मंसिर ५, आईतवार १४:०१ बजे

साहित्यकार साबित्रा उमारा वैवाहिक बन्धनमा बाँधिए

सिन्धुली । सिन्धुलीकी युवा साहित्यकार साबित्रा उमारा बैबाहिक बन्धनमा बाधिएकी छिन् ।यहि मङ्सिर ५ गते सामाजिक परम्परा अनुसार साबित्राको  सुनकोसी ३ कालिमाटीका ब्यबसायी विशाल श्रेष्ठ संग बिबाह भएको हो।बैबाहिक कार्यक्रममा उनलाई कन्यादान दिन उनका भावनात्मक सम्बन्ध रहेका दाइ समाजसेवी  एसिड आक्रमण बिरुद्धका अभियान्त उज्ज्वल बिक्रम थापा सहभागी भएका थिए।उनै थापाले साबित्रालाई कन्यादान दिएर बिदाइ गरेका थिए। अन्तरजातीय बिबाह गरेकी उनको बैबाहिक कार्यक्रममा उनका इष्टमित्र, आफन्त समेत सहभागी भएका थिएनन् ।साहित्यकार उमाराकी घरमा आमा र भाइ बुहारी छन् । उनको बुबा लामो समयदेखी परिवारको सम्पर्कमा आएका छैनन् । साहित्यकार उमाराले माइती घर छाड्नु जस्तो अरु पीडा नहुने भन्दै पराइ घरमा गए पनि आफ्नी एक्लि आमाको सधै ख्याल राख्ने बताइन् । उमाराको जीवन याथार्थ मार्मिक गजलहरु आम पाठकहरुले रुचाएका छन् ।उनै उमाराको गजल एक थान

लेख्दैछु मसङै मेरो नैरास्य जिबनको कथा लेख्दैछु
अनि जिबनमा घटेका र घट्दै गरेका घटना लेख्दैछु

भोलि भएछ भने सु:ख लेखौला खुशिहरु लेखौला
आज भएको यहि दर्द लेख्दैछु दु:ख पीडा लेख्दैछु

अभाबद्वारा मारिएका अनि मारिन बाकी नै रहेका
ती अपुरा-अधुरा रहेका हजारौ रहर इच्छा लेख्दैछु

लेखिदै गरेका केही भाबहरु केही कोमल शब्दहरु
बा”को यादमा लेख्दैछु बा”को सम्झनामा लेख्दैछु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय