पर्सा प्रहरीद्वारा लागु औषध बोकेको ट्रक सहित ४ जना पक्राउ।



वीरगंज, ९ मंसिर , पर्सा प्रहरीले लागु औषध सहित २ वटा ट्रक तथा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गा.पा.वडा नं.७ बस्ने ३५ बर्षीय अनुप बर्तौला , जिल्ला मकवानपुर हे.उ.म.न.पा. वडा नं.७ बस्ने ४५ बर्षीय राजु बस्नेत , जिल्ला झापा मेची न.पा.वडा नं.१ बस्ने ५० बर्षीय गोपाल थापा र  जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं.६ बस्ने ३१ बर्षीय प्रमोद श्रेष्ठ रहेका छन् ।

वीरगंज ड्राईपोर्टबाट परवानीपुरतर्फ जादै गरेको बा ३ ख ८८०८ नम्बरको मिनी ट्रकमाथि शंका लागी रोकी रीतपूर्वक खानतलासी गर्दा उक्तगाडीको चालक बस्ने सिटमुनि बोराभित्र लुकाइछिपाई ल्याएको लागु औषध कोरेक्स ५४ बोत्तल र सोही समयमा ना.५ ख ६८७७ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा चालक बस्ने सिटमुनि बोराभित्र लुकाइछिपाई ल्याएको लागु औषध कोरेक्स २२३ बोत्तल गरि कुल जम्मा २७७ बोत्तल लागु औषध कोरेक्स बरामद गरेको छ ।

बुधबार पर्सा  जिल्लाको वीरगंज महानगरपालिका वडा नं.२५ बहुअरी सडकखण्डमा प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको चेकिङग टोलीले उक्त लागू औषध बरामद गरेको हो।

लागु औषधहरू तथा दुईवटै ट्रक सहित चारै जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्साका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी  प्रहरी नयब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर