२०७८ मंसिर १०, शुक्रबार ११:१६ बजे

वीरगंज , १० मंसिर। बिरगंज पब्लिक कलेज र नेबिल बैंक बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिरगंज पब्लिक कलेजको तर्फबाट कलेजका निर्देशक डा. दिपक शाक्य र नेबिल बैंकको तर्फबाट नेबिल बैंक प्रदेश न.२ का प्रबन्धक सुलभ श्रेष्ठले हस्ताक्षर गरेको पत्र आदानप्रदान गर्नु भएको थियो ।

बिरगंजमा कुशल व्यवस्थापक र मानबिय व्यवसायिक स्रोतको उत्पादन गर्ने लक्ष्य सहित बिरगंज पब्लिक कलेज २०५७ सालमा स्थापना भैइ व्यवस्थापनमा +2 , BBA, BBS, BIM, MBA, MBS को अध्यन भैइरहेको गुणस्तरिय पठन पाठनमा मोफसल्को कलेजहरुमा उत्कृष्टता प्रदान गर्न सफल यस कलेजलाई new bussiness Age Pvt. Ltd द्वारा new Biz BSchool Rating Ranking Award बाट पुरस्कृत समेत गरिएमो छ ।

स्थापनाकाल देखि नै आधारभुत शिक्षा संगसङै व्यवहारिक शिक्षा प्रदान गर्दै आईरहेको यस कलेजले अहिलेको समयमा व्यवसायिक एवं उधमशिलताका शिक्षाले मात्र देश अनि समाजलाई आर्थिक सब्ब्ल बनाउन सक्छ भन्ने उदेश्यले विभिन्न व्यवसायिक एवं व्यवसाय योजना बनाउने तालिम प्रदान गर्दै नेपाल कै पहिलो निजि क्षेत्रको बैंक , नेबिल बैंकको ( CSR) Corporate Social Responsibility अन्तर्गत Nabil School of Social Enterpreneurs( NSSE) प्रदेश न.२ को लागि बिरगंज पब्लिक कलेज र नेबिल बैंक बीच एक कार्यक्रम बीच आज बिरगंज पब्लिक कलेजमा दुबै बीच आपसी समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो ।

यो नेपालको सातै प्रदेशमा एकैदिन एकैपटक विभिन्न कलेजमा आपसी समझदारी भएको हो ।जस मध्य प्रदेश न.२ मा बिरगंज पब्लिक कलेजले सो अवसर पाएको डा. दिपक शाक्यले जानकारी गराउनु भयो। यस कार्यक्रम अन्तर्गत प्रदेश प्रदेश न.२ का १८ देखि ६० बर्ष सम्मका उधमशिलतामा रुचि राख्ने र समाजलाई सकारात्मक योगदान गर्न चाहने व्यक्तिहरुलाई उधमशिलता तालिम दिने उदेश्यले Nabil School of social Entrepreneurship Certificate Course संचालन गरिने कलेजका निर्देशक प्रोफेसर डा. शाक्यले बताउनु भयो।

सो समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा NYCF का अनुप अग्रवाल , नेबिल बैंक प्रदेश न.२ का सुलभ श्रेष्ठ , नेबिल बैंक बिरगंज शाखाका प्रबन्धक नितिन नन्दवाना, निशान्त प्रधान , मोहित रिजाल , सुमित टिबडेवाल , सुमित अग्र्वाल , बिपिसि कलेजका निर्देशक डा.दिपक शाक्य , क्याम्पस प्रमुख डा. बिनय श्रेष्ठ , सहायक क्याम्पस प्रमुख अर्बिन्द श्रेष्ठ , कोडिनेटर बासु कर्ण लगायत व्यवसायि , उधमिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय