अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०७८ मंसिर १०, शुक्रबार १३:१० बजे

काठमाडाैं । नेपाली सेनाकाे  जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा विभिन्न सञ्‍चार माध्यमका २६ जना रक्षा संवाददाताहरुलाई सहभागी गराई  २०७८ मंसिर ०५ गतेदेखि मंसिर १० गतेसम्म संचालन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम (Defence Correspondent Orientation Programme-DCOP) को २०७८ मंसिर १० गते चितवन राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ  खड्‍गदल गणमा आयोजित एक कार्यक्रमकाबीच श्जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलबाट समापन गरिएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालय अनुसार, उक्त कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रमका साथै राष्ट्र गौरवको आयोजना काठमाण्डौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना (KTFT) तथा चितवन राष्ट्रिय निकुञ्‍जको स्थलगत भ्रमण गराइएको थियो ।

उक्त समापन कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत,  खड्‍गदल गणका गणपतिलगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको थियो । यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय