मेघराज राय – जिराभवानी, ११ मंसिर। प्रहरी प्रशासनले कडाइ र कार्वाही अभियान थालेपछि पर्सामा २०६७ साल देखि पूर्ण रुपमै बन्द भएको गाजा खेती अहिले भने फेरि शुरु भएको हो ।
पर्साको उतरी जङ्गल क्षेत्रहरू लगायतका गाउँहरुमा किसानहरुले गाजा रोपेको स्थानीयवासीले बताएका छन् । चितवन राष्ट्रिय निकुन्ज र पर्सा रास्ट्रीय निकुञ्जको जंगलसंग सिमा जोडिएका साबिकका गाविसहरुमा बढि जसो गाजा खेती गरिएको छ ।
यस्तै वन अतिक्रमण गरिएको जग्गा र खोलाको बगरमा पनि कारोबारी र किसानहरुले गाजा रोपेका छन् । ७÷८ वर्ष देखि गाजाको खेती बन्द भएका कारण पर्सामा गाजाको बीउको अभाव भएपछि यहाका किसानहरुले मकवानपुरका पहाडी गाउबाट बीउ ल्याएर रोपेका हुन् ।
कतिपय स्थानमा भने किसानहरुले गाजाका कारोबारीहरुको लगानीमा गाजाको खेती गरेको गाँउलेहरुले बताएका छन् । कतिपय किसानहरुले घरको पछाडीको वारि तथा सुर्ती खेतिमा उखु बारिको बिचमा समेत अबैध गाजा खेती गरेको पाइएको हो ।
तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले भने आफुलाइ गाजा खेती भएको बारेमा कुनै जानकारी नभएको भन्दै तत्काल त्यस क्षेत्रमा गाजा खेती फाडने प्रहरी टोलि परिचालन गरेर फडानी कार्यलाई तिब्रताको साथ भडानी गरेको छ ।
यसैबीच हिजो ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको कमान्ड खटिएका प्रहरी टोलिले सखुवाप्रसौनी गाउँपालिका वार्ड नम्बर एकको खजुरिया सथवल एरियामा अबैध रुपमा लगाइएको गाजा खेती प्रहरीले फाडेर नस्ट गरेको छ ।
गत बर्षको तुलनामा एस बर्ष पटेर्वासुगौलीको एरियामा गाजा न्यून रहेको स्थानीयले बताएका छ्न गत बर्ष प्रहरी कार्वाही मा लगभग १३ बिगहामा लगाएको गाजा खेती फाडेर नस्ट गरि एक ब्याक्तीलाई गाजाको खेत बाट समाई मुद्दा चलाउदा सो एरिका बासिन्दाहरु डराई एसपालाली गाजा नलगाएको स्थानीहरुयले बताए ।
पर्साको ग्रामीण भेगको विभिन्न ठाउँमा गाजा खेती रहेकोले प्रहरीले गाजा खेती फाड्ने अभियाननै चलाइ गाजा खेती पुर्ण रुपमा नस्ट गरिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । गाजा खेती कसले गरेको हो भन्ने बिषयमा अनुसन्धान भैरहेको समेत प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो।